पोखरामा गण्डकी प्रदेश स्तरीय सूचना प्रविधि मेला हुने

बागलुङ – फागुन १८ गतेदेखि २४ गतेसम्म पोखरामा गण्डकी प्रदेश स्तरीय सूचना प्रविधिको बृहत मेला ‘क्यान इन्फोटेक’ हुने भएको छ । कम्प्युटर एशोसिएशन महासंघ (क्यान) कास्की शाखाको आयोजनामा नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा हुने सो मेलाको तयारीलाई तिव्र पारिएको छ । सूचना प्रविधि सम्बन्धि विविध गतिविधि हुने सो मेलाको प्रचार प्रसारको क्रममा बागलुङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले सूचना प्रविधिको विकास, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए ।

मेलामा सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत, ल्यापटप एक्सचेन्ज, आइसिटी क्षेत्रमा स्थानीय स्तरबाट गरिएका उत्पादनको प्रदर्शनी हुने क्यान गण्डकी प्रदेश समितिका अध्यक्ष चिन्तामणी बास्तोलाले बताए । त्यसैगरी मेलामा सुचना प्रविधिसंग सम्बन्धित नविनतम गतिविधि प्रदर्शनी, मोवाईल गेमिङ, नविनतम प्रविधिका मोवाईलको समेत प्रदशनी हुनेछ ।

मेलामा १ सय बढी सूचना प्रविधि सम्बन्धि स्टलहरु रहने आयोजकले जनाएको छ । मेलालाई सफल बनाउन क्यान कास्कीका अध्यक्ष पौडेलको संयोजकत्वमा विभिन्न २६ वटा उप–समिति समेत गठन गरिएको क्यान कास्कीका इश्वर चालिसेले जानकारी दिए । इन्फोटेककै अवसरमा दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने भएको छ ।
मेलामा २४ लाखको आम्दानी र २१ लाख खर्च हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम सूचना प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने साथै सामाजिक क्षेत्रमा योगदान पु¥याइने अध्यक्ष पौडेलले बताए । कार्यक्रमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, क्यान महासंघ बागलुुङका पूर्व उपाध्यक्ष अर्जुुन घिमिरे, क्यान महासंघ ईश्वर चालिसे लगायतले बोलेका थिए । कार्यक्रममा क्यान महासंघ पोखराका अध्यक्ष युुवराज पौडेलको अध्यक्षता, क्यान महासंघ बागलुुङका अध्यक्ष कृष्णप्रसाद शर्माको स्वागत र सदस्य सुुनिल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave Comment

Your email address will not be published. Required fields are marked *