बलेवा महोत्सवमा दोहोरीको उपाधी गोरखालाई

बागलुङ-
प्रथम बलेवा महोत्सवको अवसरमा आयोजित लोक दोहोरी गित प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखा शाखा प्रथम भएको छ । प्रतियोगिताको शनिबार भएको फाईनलमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागलुङलाई पछि पार्दै गोरखाले प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसै गरी दर्पण छायाँ दोहोरी साँझ पोखरा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लमजुङले तेस्रो स्थान हासिल गरेका छन । बिजयी प्रथमले ३० हजार रुपैयाँ द्धितियले २५ हजार रुपैया र तृतियले १५÷१५ हजार रुपैयाँ प्राप्त गरेको दोहोरी गित प्रतियोगिता निर्णयक समितिका संयोजक गायक पुर्ण परियारले जानकारी दिए । प्रतियोगितामा ७ टिमको सहभागित रहेको थियो । त्यसै गरी महोत्सवको अवसरमा आयोजित खुल्ला रत्यौली प्रतियोगितामा कुश्मा खरिया ग्रामिण महिला समुह पर्वत, प्रथम, कामना स्वालम्बी महिला समुह पैयुँपाटा, द्धितिय, गणेश मावि नारायणस्थान तृतिय र अभियान आमा समुह पैयुँपाटा सान्त्वना भएका छन । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।

शनिबारको कार्यक्रममा चर्चित गायक बसन्त थापा, याम क्षेत्री, काजल गुरुङ कृष्ण सुवेदी, सिता परियार लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती रहेको थियो ।
बागलुङ नगरपालिका १४ मा रहेको स्थानिय नारायणस्थान सामाजिक प्रतिष्ठानको आयोजनामा फागुन २ गते बाट सुरु भएको महोत्सव आईतबार सम्म संचालनमा रहने छ । महोत्सवबाट बलेवा क्षेत्रको प्रचारप्रसार गर्दै कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि कम्तीमा १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको महोत्सव मुलआयोजक समितिका संयोजक भरत पौडेलले बताए । महोत्सवमा यस क्षेत्रका विभिन्न व्यक्तिले कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि लाखौं रकम आर्थिक सहयोग गर्दै आएका छन ।

Leave Comment

Your email address will not be published. Required fields are marked *