बोल्न नसक्ने महिलालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ

बाजुरा । बाजुरामा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना कक्राउ परेका छन् । जिल्लाको त्रिबेणी नगरपालिका वडा नं ८ बस्ने वर्ष ५८ का राम गिरीलाई स्थानीय ४५ वर्षिया शाररीक तथा मानसिक अवस्था कमजोर भएकी राम्ररी बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोलीले घटना घटेको एक घण्टा भित्रै आरोपिलाई पक्राउ गरी, पीडित र अभियुक्तको स्वास्थ्य परीक्षण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

महिला घर नजिकै रहेको जंगलमा दाउरा काट्न गएको बेला गिरीले बलात्कार गरेका थिए। पीडित र अभियुक्तको स्वास्थ्य परीक्षण कार्य सम्पन्न गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Leave Comment

Your email address will not be published. Required fields are marked *