सिस्नो खोस्ने नाँच, अविवाहित युवायुवतीको घम्साघम्सी

नारायण रिजाल, बागलुङ-
‘सिस्नो’ नाम लिँदै शरिर नै जिरिङ्ग हुन्छ । सिस्नो बिज्यो भने कडा पोल्छ यसलाई छोए मात्र शरिर झमझमाउने र चाला उठ्ने हुन्छ । तर, यही सिस्नो खोस्ने बर्षेनी अनौठो मेला लाग्छ बागलुङको ताराखोला गाउँपालिकामा । यहाँका मगर समुदायको यो पर्वलाई परम्पराग रुपमा मनाउँदै आएका छन । ताराखोलाको अमरभुमी, हिल अर्गल र तारामा यो नाँच नाच्ने गरिन्छ । आफ्नो रितिरिवाज अनुसार कुल पुजाको अवसर पारेर नाँच्ने गरिन्छ । छोएपनि पोल्ने सिस्नोको भारी बोकेर हिड्ने र युवायुवतीले खोसाखोस गरेर यो पर्व मनाउने गरिन्छ । अविवाहित युवायुवतीले खोसाखोस गरेको रोमाञ्चक दृश्य धेरैका लागि आकर्षणको बिषय बन्छ । यो नाँचमा कस्ले सिस्नो खोस्ने भनेर घम्साघम्सी नै पर्दछ । नाच ताराखोला लगायत जिल्लामा हुने विभिन्न मेला महोत्सवमा पनि नाच्ने गरिन्छ ।



सोमबार राति कुल पुजाका लागि वलि दिन तयार पारिएको सँुगुर र कुखुरालाई बैधिकबिधि अनुसार पुजा गरेर मंगलवार बिहान भेडालाई घोच्ने र त्यस पछि बिधि पु¥याएर वलि दिने प्रचलन रहेको हिलका ५६ बर्षिय पुुर्णबहादुर थापा मगरले बताए । कुल पुजा गरेर सिस्नो खोस्ने दुई खालका बिधि हुन्छन् । छोटो बिधिबाट एकै दिनमा सबै सामान जम्मा गरेर कुल पुजा गर्न सकिन्छ भने लामो बिधिको लागि कम्तिमा तिन दिन लाग्ने मगरले बताए । यो नाचमा अविवाहित केटाकेटी मात्र नाच्ने गरिन्छ । सिस्नो खोस्ने मेलालाई खेतीबालीको रक्षाका लागि देवीदेउता पूज्ने मेलाको रुपमा पनि चिनिन्छ । यस्तै मेला खेतिपाती भित्राउने बेलामा पनि लाग्ने गरेको छ । कुल पुजाका लागि बलि दिन तयार पारिएको सँुगुर र कुखुरालाई बैधिक बिधि अनुसार पुजा गरेर सुँगुरको चुच्चो मात्र जिउँदै काट्ने र त्यस पछि बिधि पु¥याएर बलि दिने प्रचलन यहाँका मगर समुदायमा छ ।
पहिले सुँगुरलाई पनि विधिवत रुपमा पुजा गरिन्छ अनि त्यसलाई उल्टो बनाएर चुचो मात्र काटिन्छ कुल पुजामा वलि दिने सुँगुरलाई घोचेर दुःख दिनका लागि कुल पुजा आयोजना गर्ने परिवार सदस्यको भाञ्जा नाता पर्ने दुई जना चाहिन्छ । बलि दिएपश्चात मात्र नाचलाई सुरु गरिन्छ । मगर समुदायको परम्परा अनुसार तिथी मिति मिलाएर गरीने कुल पुजाका लागि पहिले भारतको नयाँ दिल्लीबाट सुँगुर र नेपालको सुदुर पश्चिम सुनगाउँबाट सुन पंक्षिको रुपमा कुखुरा ल्याउनुपर्ने प्रचलन रहेको स्थानिय पुर्ण बहादुर थापाले बताए । दिल्लीबाट सुँगुर र सुनागाउँबाट कुखुरा ल्याउन सम्भव नभए पछि परम्परा अनुसार रातभर मगर भाषा अनुसार बाखामाखा पुजा गरेर सुँगुर र कुखुरालाई वलिको लागि तयार पारिने परम्परा रहेको छ । बलि दिँदा जाँडको पास राखेर दिने चलन छ । विषेशत यस क्षेत्रमा बस्ने मगरसमुदाय भित्र कुनै किसीमको रोगव्यादी नलागोस भन्ने उद्देश्यले सिस्नो खोस्ने मेला र नाँच गर्ने गरेको स्थानिय बताउँछन ।

सुँगुरको बली देउता र पितृका लागि सम्झेर दिने चलन छ । देउता र पितृका लागि सुँगुरको वली दिएपछि साँप्रो काटेर बाँधिएको सिस्नोको भारी खोसाखोस गर्ने मेला ताराखोलाको अर्गलमा लाग्छ । यस अवसरमा ३ देखी ५ दिन सम्मको मेला समेत आयोजना गर्ने गरिन्छ । यसरी सिस्नो खोस्दा मनले चिताएको पुग्ने, बैबाहिक जीवन सुखमय बन्ने विश्वासले युवाहरुले सिस्नो खोस्ने गर्छन् । ‘बाखामाखा’ पूजाको लागि पुरानो पुस्ता चाहिन्छ भने सिस्नो खोस्नका लागि विवाह गर्ने उमेरका किशोर किशोरीको आवश्यकता रहने मगरले बताए । यस क्षेत्रको मगरहरुको संस्कृतिमा सिस्नो खोस्ने पर्व अनिवार्य मानिन्छ । पूजापाठ र बली सकिएपछि युवाहरुले सिस्नोका भारीमा सुँगुरको साँप्रो बाँधेर बोकेपछि भारीसँगै नाँच्न थाल्छन् ।

अविवाहित युवतीहरु ती भारीबाट सिस्नो र सुँगुरको मासु खोस्न निस्कन्छन् । यो क्रम निकै लामो समय सम्म चल्ने गरेको छ । सिस्नोमा सुँगुरको साँप्रा बाँधेर खोसाखोस गराउँदा केटीहरुले जिते दण्ड तिर्नुपर्ने नियम छ । अविवाहीत केटाकेटी नाच्दा सधै केटाले नै जित्ने प्रचलन रहेको पाईन्छ । तर केटाहरुले जिते भने केटीहरुलाई छुट हुन्छ । कुल पुजाको लागि सिस्नो खोस्नु पर्ने अनिवार्य नभए पनि कुल पितृलाई खुसी बनाउनका लागि सिस्नो खोस्ने गरिन्छ । यो काम गर्दा अविवाहित युवायुवतीले राम्रो बर वा बधु पाउने, जीवन सुखमय बन्ने, बैबाहिक सम्बन्ध राम्रो बन्ने विश्वासले हरेक वर्ष दुईपटक यो संस्कृति गर्ने चलन छ ।

‘परम्परादेखी चल्दै आएको मेलालाई हामिले निरन्तरता दिएका हौं,’ गुरुबा मगरले भने यो मेलालाई हामी निरन्तर गर्ने छौं । पछिल्लो समयमा नयाँ पुस्ताहरुले पनि यो नाँचलाई सिक्ने गरेका छन । विशेष किशोर किशोरी नै चाच्ने हुँदा पुस्ता हस्तान्तरणमा पनि सहज भएको गुरुबा बताउँछन । यस नाचमा नाच्ने किशोर किशोरीहरु विस्तारै नाचको पक्रियालाई सिक्दै गएका छन । हामी अहिले नाच्ने काम मात्र गरेका छौं नाचमा सहभागी किशोर हिरा बहादुर बगालेले भने, विस्तारै यसका सवै विधिहरु सिक्दै जानेर्छौ पुराना पुस्ताबाट हाम्रो पुस्तामा ल्याउने छौं । नाच्दा खेरी सुरुेको क्रममा सिस्नोले निकै पोले पनि खोसाखोस गर्दा यसका सवै काँडा भर्ने हुँदा त्यती नपोलेको अनुभव बगालेले सुनाए । यो नाँच नाच्दा निकै रमाईलोका साथै गाह्रो पनि हुने उनले बताए । नौं वटा ढ्यांग्रो बजाएर गीत गाउँदै सामुहिक जमिनमा सिस्नो खोस्ने गरिन्छ ।

मगर समुदायमा युवाहरुको बिबाह आफ्नै रोजाईमा हुन्छ । बाबुआमाले केटा वा केटी खोजेर गरिदिने चलन नभएकोले भविष्य सुखमय बनोस्, रोजेको केटा वा केटी राम्रो परोस् भनेर सिस्नो खोस्ने पर्व तथा कुल पुजामा भाग लिन गरेको स्थानिय महेन्द्र घर्तिले बताए । यो पर्वमा गाउँबाट बाहिर भए पनि फर्केर आउने चलन रहेको घर्तिले भने ‘कुलदेवतालाई खुसी पार्न मनाइने यो मेला भरेमा पुण्य मिल्ने, चाहेजस्तो जीवन साथी पाइने, स्वस्थ्य रहने र दिर्घायु हुने पनि विश्वास पनि रहेको छ । तत्कालिन बाइसे चौबिसे राज्यको पालामा धेरैजसो मगरले भाषा र अन्य संस्कृति गुमाएपनि सिस्नो खोस्ने मेला बचाएर राखेकोले अहिले पनि निरन्तर चलाउने गरिएको छ ।
यहाँको मौलिक संस्कृति भएका कारण यसको संरक्षणका लागि स्थानिय तहबाट नै पहल थालिने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले बताए । सांस्कृतिक पर्यटनको रुपमा गाउँपालिकालाई चिनाउने उद्देश्यका साथ आगामी वर्षमा गाउँपालिकाको निति तथा कार्यक्रममा नै समावेश गरी यहाँका मौलिक संस्कृतिको संरक्षणर र पर्वद्धनका लागि अगाडि बढिने उनले बताए । ताराखोलामा यस्ता धेरै मौलिक संस्कृति भएका कारण यसको जगेर्ना गर्नुका साथै प्रर्वद्धन गर्न समेत जरुर रहेको छ । 

 

 

प्रतिक्रिया जनाउनुहोस्