युनियनका निवर्तमान अध्यक्ष कंडेललाई बधाई तथा सम्मान

बागलुङ– नेपाल प्रेस युनियन बागलुङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार नरेश कंडेललाई प्रेस युनियन बागलुङलले बधाई तथा सम्मान गरेको छ ।
आसन्न बागलुङ उद्योग वाणिज्य संघको ५५ औं साधारण सभा तथा १७ औं महाधिवेशनबाट खुल्ला सदस्य पदमा निर्वाचित कंडेललाई युनियनले बधाई तथा सम्मान व्यक्त गरेको हो ।
आफ्नो नियमित वैठकको अवसरमा कंडेललाई बधाई तथा सम्मान गरिएको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै सल्लाहकार कंडेलले पत्रकार र उद्योगी व्यवसाय बिच हरेक कुरामा सहकार्य र समन्वय हुने बताए । उनले आगामी दिनमा बागलुङ उद्योग वाणिज्य संघलाई अझै मिडिया मैत्री बनाउने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं धौलागिरी संयोजक ज्ञानेन्द्र गौतमले पत्रकारीतामा सक्रिय कंडेल एक सफल व्यवसायीको रुपमा नेतृत्व तहसम्म पुगेकोमा युनियन र सिंगो पत्रकार जगतलाई समेत फाईदा भएको बताए । उनले उद्योगी व्यवसायीको हकहितका लागि मात्र नभई पत्रकार र संचार माध्यमको हितका लागि कंडेललाई काम गर्न आग्रह गरे ।
कार्यक्रममा बागलुङ सूचना तथा संचार सहकारीका संचालक समितिका सदस्य चण्डी प्रसाद शर्मा युनियनका पदाधिकारी एवं सदस्यहरुले कंडेललाई बधाई व्यक्त गरेका थिए । कंडेल नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष समेत हुन । बैठकको अध्यक्षता युनियनका अध्यक्ष प्रदिप पन्त र संचालन सचिव नारायण रिजालले गरेका थिए ।

प्रतिक्रिया जनाउनुहोस्