हेमन्त खड्काको गुराँस फुल्ने रानी वन

बागलुङ,-
चर्चित गायक तथा सर्जक हेमन्त खड्काको नयाँ गिती एल्वम् गुराँस फुल्न रानी वन बजारमा आएको छ । बागलुङ नगरपालिका—८ सिगानामा जन्मिएका खड्काले लगनको महिनालाई ध्यानमा राखेर पञ्चैबाजामा आधारित गित बजारमा ल्याएका हुन् । चर्चित मुस्ताङ लेतेमा बोलको गितबाट नेपाली सांगितीक क्षेत्रमा पाईला राखेका खड्काले निरन्तर गित संगितको सिर्जना गर्ने र बजारमा ल्याउने क्रममा गुराँस फुल्ने रानी वन बजारमा ल्याएका हुन् । सर्जक हेमन्त खड्काको लय रहेको गीतमा शब्द भने कृष्ण आचार्य र हेमन्त खड्काले शब्द लेखेका छन् । गायक हेमन्त खड्का र चर्चित गायिका शान्तिश्री परियारले गीतमा स्वर दिएका छन् ।
म्यूजिक भिडियोमा सुमन जि.सी, आयुष्मा घर्ती मगर, दिपक खड्काको मुख्य भूमिका रहेको छ । बागलुङ जिल्लाको पञ्चकोट लगायत धार्मिक तथा पर्यटकिय स्थलहरूमा छायाङ्कन गरिएको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन सज्जन कुमार सिंह र गायक खड्काले गरेका हुन् । गितको छायाङ्कन सज्जन कुमार सिंहले गरेका छन् । म्युजिक भिडियो हेमन्त खड्का युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

 

प्रतिक्रिया जनाउनुहोस्