शान्ति श्री र हरि सुनारको पञ्चेबाजा ‘संगै नाँचौ आज’

काडमाडौं – बोल माया पछि सवार्धिक चर्चामा आएकी गायिका शान्ति श्री परियारको आवाजममा रहेको ‘संगै नाँचौ आज’ बोलको पञ्चे बाजा सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक हरि सुनारको लय शव्द मा उक्त पञ्चे बाजा बजारमा आएको हो । गीतमा पछिल्लो समयमा निकै चर्चित अनि व्यस्त गायिका शान्ति श्री परियार र हरि सुनारको आवाज रहेको छ ।


प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा भने करिष्मा ढकाल र गायक हरि सुनार मुख्य अभिनयमा देखिएका छन । बागलुङको गलकोटको पर्यटकीय सम्भावना बोकेका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुको बारेमा उक्त पञ्चे बाजा तयार पारिएको गायक हरि सुनारले जानकारी दिए । लोक दोहोरी गाउन सिपालु गायक सुनारले यस भन्दा अगाडि लोक दोहोरी, सालैजो, तिजी गीत लगायतका अन्य गीतहरुका बजारमा ल्याई सकेका छन । जसमध्ये बरु सहन्छु चोट खाएमा, माया भन्नु के रैछ, सम्झि रुने छैन म, मेरी बुढी मेयर चर्चित गीतहरु हुन । अन्य गितलाई जस्तै एक पटक हेरेर , सुनेर , सुझाव सल्लाह प्रतिक्रिया दिन समेत गायक सुनारले दर्शक स्रोतालाई अनुरोध गरेका छन ।

प्रतिक्रिया जनाउनुहोस्