जनसम्पर्क समिति क्यानाडा बाट पाेखरामा उपचारार्थ पाण्डेलाई आर्थिक सहयोग

२९ नाेभेम्वर ।  नेपाली जनसम्पर्क समिती  क्यानाडाले नेपाल बिद्यार्थी संघ तनहुँ १ का सभापति बद्री पान्डेकाे उपाचारका लागी अार्थिक सहयाेग गरेकाे छ । अाँखाकाे केराटाेकाेनस र टाउकाेमा लाग्ने कन्ट्युजन नामक राेगबाट ग्रस्त पान्डे पाेखरामा उपचाररत छन् । उनकाे उपचार खर्च महँगाे भएका कारण नेपाली जनसम्पर्क समिति क्यानडाका साथै  नेपाला काँग्रेस एवं जनसम्पर्क समिति साइप्रस र मकाउ ले विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्रि पाण्डेलाई आर्थिक सहयोग गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारीका पाण्डेलाई नेपाली जनसम्पर्क समिति मकाउ, साईप्रस र क्यानडाकाे संयुक्त सल्लाहबाट रकम पठाइ बितरण गरिएकाे नेपाली जनसम्पर्क समिति क्यानडाका संस्थापक सभापति बुद्दि प्रकास अाेलीले बताए । नेपाली काँग्रेस कास्कीको परिषरमा आयोजित कार्यक्रमबीच मकाउको तर्फबाट ४१ हजार चार सय १५, क्यानडाको तर्फबाट ३० हजार र साईप्रसको तर्फबाट १७ हजार सहयोग गरिएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ र क्यानडाका सदस्य कृष्ण रेग्मीले पाण्डेलाई संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका सरस्वती गुरुङ र उमा ठकुरीले एक हजार पाँच सय÷एक हजार पाँच सय, सिकन्दर गुरुङ र गिरिराज गौतमले एक हजार एक सय÷एक हजार एक सय, भोजराज सुवेदी, ज्योती कोइराला, विकास थापा, देवकृष्ण पराजुली, सुवर्ण केसी, सित्तल अधिकारीले एक÷एक हजार गरी एक लाख रुपैयाँ सहयोग गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देश÷विदेश जो जहाँ रहेपनि नेपालीवीच सद्भाव रहेको उल्लेख गरे । नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले सहयोगी मनलाई कहिले दुःख नहुने बताईन् । नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ र क्यानाडा बाट नेपाली कांग्रेस पार्टी को महासमिति बैठक भाग लिन् नेपालमै रहनुभएका नेपाली जनसम्पर्क समिति क्यानडाका कार्यसमिति सदस्य कृष्ण रेग्मी पनि कार्यक्रममा सहभागी थिए ।  पाण्डे विगत सात वर्षदेखि टाउँका र आँखा सम्वन्धी समस्याबाट प्रभावित छन् । नेपाली काँग्रेस कास्कीका उपसभापति आईबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला सदस्य नवीन सिग्देलले संचालन गरेका थिए भने सो कार्यक्रमा नेपाली कांग्रेस का केन्द्रिय सदस्य जिबन परियार् को पनि उपस्थित रहेको थियो |

Leave Comment

Your email address will not be published. Required fields are marked *