क्यानाडामा राप्ती समाज गठन,संयाेजकमा रजाैरे ।

जन्मथलाे नेपाल र कर्मथलाे क्यानडाकाे नेपाली समुदायकाे हितमा काम गर्ने लक्षका साथ नेपालकाे  राप्ती अंचलबाट क्यानडा अाइ बसाेबास गर्ने नेपालीहरूकाे एक भेलाले राप्ती समाज क्यानडा तदर्थ समिति गठन गरेकाे छ । संस्थाकाे बिधान बनाउने, दर्ता गर्ने लगायतका संस्था स्थापनाकाे प्रारम्भिक कार्यहरू सम्पन्न गरी पहिलाे अधिबेसन सम्पन्न गर्न शुरेस रजाैरेकाे संयाेजकत्वमा तदर्थ समिति गठन गरिएकाे हाे ।   नेपालकाे त्रिभुवन विश्वबिद्यालयबाट रसायनसास्त्रमा स्नातकाेत्तर गरि बेलायतकाे  लीड्स युनिभरसीटी र क्यानडामा समेत अध्ययन गर्नुभएका रजाैरे सरल र  मिलनसार स्वभावका हुनुहुन्छ भने उहाँले समाजसेवामा रूची राख्नुहुन्छ । उनै रजाैरेकाे संयाेजकत्वमा  २१ सदस्यीय तदर्थ समिति गठन गरिएकाे हाे । समितिका सदस्यहरुमा मधु थापा, निरन्जन थापा, बसन्त प्रकाश रावत छेत्री, राजेन्द्र पोख्रेल, सरिता गिरी, बसन्ता पाठक, रमेस देवकोटा, अनिल श्रेष्ठ, सुबास शर्मा, विद्या न्यौपाने, नारायण खनाल, बिमल पन्थी, चिन्तामणी धिताल, हरी पाण्डे, प्रकाश चापाँगाइ, दुसीराज सेन, बिनोद सेन, गोविन्द शर्मा, मिलन ओली, विजय लम्साल रहनुभएकाे छ । त्यस्तै ७ जना सल्लाहकारहरूमा डा .अरुण पोखरेल् , डा.गुरु गिरी, डा.दिलिप पौडेल डा. प्रीती शर्मा, डा बामदेब पाैडेल, नर बहादुर टन्डन, बुद्धी प्रकाश ओली र मुक्ती गौतम रहनुभएकाे छ  ।

प्रतिक्रिया जनाउनुहोस्