गल्कोट घुम्टे विकास मञ्चको साधारण सभा सम्पन्न

काठमाडाैं- गल्कोट घुम्टे विकास मञ्चको साधारण सभा तथा घुम्टेको पाँचौ अंकको बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले बिश्वका बिभिन्न देशमा तथा नेपालका बिभिन्न जिल्लामा गल्कोट समाजको नामबाट सबै संस्था क्रियाशिल रहेको बताएका छन । उनले काठमाडौमा रहेको यस संस्थाले गलकोट र बागलुङको समग्र पहिचाहन बोकेको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष बि.के. मान सिंहले गल्कोट र गल्कोटेको हितका लागि यो मञ्च अझ सक्रिय हुँनु पर्ने औल्याउँदै हाल सम्म संस्थाले गरेका कार्यहरुको प्रशांशा गरेका थिए । साधारण सभामा मञ्चका अध्यक्ष मेघ केसीले हाल सम्म गल्कोटको बिकासमा मञ्चले गरेका गतिबिधीको बारेमा जानकारी गराउँदै गल्कोटको बिकासमा सबै क्षेत्रबाट सहयोग पु¥याउनु पर्र्नेमा जोड दिएका थिए । कार्यक्रममा मन खत्री, डा. मणि शर्मा, खडक बस्नेत, प्रेम अधिकारी लगाएतले लगायतले बोलेका थिए ।
सोहि अवसरमा साहित्यकार मन खत्री सागरको दोस्रो कृति ‘अस्मी’ उपन्यास पनि बिमोचन गरिएको थियो । गल्कोटबाट काठमाडौ आई बसोबास गर्ने जेष्ठ नागरिक बल बहादुर बस्नेत र देउ कुमारी भण्डारी साथै गल्कोटमा रहेर स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका डम्मर बहादुर थापालाई सम्मान गरिएको थियो । ाधारण सभाले प्रशान्त ढकालको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरेको छ, जसमा उपाध्यक्ष मन बहादुर खत्री, महासचिब थमन बहादुर भण्डारी, सचिव मिलन कंडेल, कोषाध्यक्ष देवेन्द्र सुवेदी, सदस्य भिम कुमारी शर्मा, सदस्य ईल्सन थापा रहेका छन । कार्यक्रम मञ्चका अध्यक्ष मेघ केसीको अध्यक्षता, मिलन कंडेलको स्वागत मन्तव्य र थमन बहादुर भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्