क्रिकेट क्लबको देउसी भैलो, जनसम्पर्क समितिकाे संयाेजनमा १३ सय ।


ब्राम्टन, ११ नोभेम्वर
नेपलिज क्यानेडियन क्रिकेट क्लबले क्रिकेट खेलको निरन्तरताका लागी सहयोग संकलन गर्न संचालन गरेको देउसी भैलो कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति क्यानडाले सहयोग गरेको छ । नेपाली जनसम्पर्क समिति क्यानडाको आमन्त्रणमा गत शुक्रबार ब्राम्टनमा सम्पन्न देउसी भैलो कार्यक्रममा करिव १३ सय क्यानेडियन डलर संकलन भएकाे नेपलिज क्यानेडियन क्रिकेट क्लबका उपाध्यक्ष बिपिन पराजुलीले जानकारी दिनुभयाे । भैलो कार्यक्रमका संयोजक एवं नेपाली जनसम्पर्क समिति क्यानडाका सदस्य सुरेश रजौरेको घरमा सम्पन्न देउसी भैलो कायक्रमले नेपाली संस्कृतिको निरन्तरताका साथै मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रममा करिब ५० जना भन्दा बढीको सहभागीता थियो ।
देउसी भैलो समापनका अवसरमा नेपाली जनसम्पर्क समिति क्यानडाका संस्थापक सभापति बुद्धी प्रकास ओलीले तिहारको उपलक्षमा शुभकामना व्यक्त गर्दै क्रिकेट क्लबको क्रियासिलताको प्रसंसा गर्नुभयो
नेपाली जनसम्पर्क समिति क्यानडाका कार्यबाहक सभापति दिपक गौतमले क्रिकेट क्लबले खेलको माध्यामबाट नेपाली समाजमा पुर्याएको सकारात्मक योगदानको कदर स्वरुप नेपाली जनसम्पर्क समिति क्यानडाले सहयोग गर्दै आइरहेको स्पष्ट पार्नुभयो । संस्थाले पारदर्सिता कायम गर्दै यस्तै कार्यहरुलाई निरन्तरता दिन पनि उहाँले सुझाब दिनुभयो ।
नेपलिज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष इमरान खानले देउसी भैलो खेल्न आमन्त्रण गरि सहयोग गरेकाे र क्रिकेट क्लबलाई निरन्तर सहयोग गरेकाेमा नेपाली जनसम्पर्क समिति क्यानडालाई धन्यबाद दिनुभयो ।
कार्यक्रम संयोजक शुरेस सजौरेले छोटो समयको सुचनामा पनि उपस्थित भएर भैलो कार्यक्रमलाई सहयोग गर्ने सवैलाई धन्यबाद दिनुभयो । कार्यक्रममा लजिष्टिक सहयोग इन्सुरेन्स एडभाइजर हेम पाण्डेले गर्नुभएको थियो ।

Leave Comment

Your email address will not be published. Required fields are marked *