अबको नेपाल विद्यार्थी संघ

विष्णुराज पौडेल
विद्यार्थी हकहित संरक्षण, विद्यार्थी आफैमा सचेत र सक्षम नभइ हुदैन, संविधान र कानुनका धारा धारामा लिखित रुपमा भएका प्रावधानहरु परिपालन राज्य आफैले गर्दैन । विद्यार्थी हक हित, अधिकार अक्षरशं पालना गराउने जिम्मेवारी पक्कै पनि विद्यार्थी, संगठनको हाे।
लामो राजनैतिक इतिहास बोकेका विद्यार्थी संगठनहरु, देशको जुनसुकै कालखण्ड र परिवर्तनको क्रममा आफ्नो अमुल्य योगदान पु¥याईरहेको कुरा कसैले कहिल्यै नकार्न सक्दैन र मिल्दैन । आजका विद्यार्थि भोलि देशका कर्णधार भन्ने कुरालाई आत्मसाथ गर्दै मुलुकका भविष्यका कर्णधारलाई लोकतन्त्र र नागरिक अधिकारको लडाइँमा गोलबद्ध गराउने उद्देश्यले नेविसंघको स्थापना भएको हो । जतिबेला जनताको वाक स्वतन्त्रता लुटिएको थियोे, संगठन गर्न प्रतिबन्ध थियो, पञ्चायती शासकले राजनीतिक गतिविधि बन्द गरेको अवस्थामा आन्दोलनलाई मजबुत गराउनु पनि नेविसंघ स्थापनाको उद्देश्य थियो ।
तत्कालीन कांग्रेस सभापति बीपी कोइराला र नेता कृष्णप्रसाद भट्टराईको पहलमा वैचारिक हिसाबले बहस र पैरवी गरी लोकतन्त्रको वास्तविक व्याख्या गर्ने र त्यसलाई सबै जनताका दिमागमा घुसाउने उद्देश्यले यो संगठनको स्थापना गरिएको थियो ।
विभिन्न विद्यार्थी संङगठन विचमा रहेर ने.वि. संघले देशका विभिन्न विद्यार्थी संगठनलाई आफ्नो कार्यालयमा बैठक राखेर विद्यार्थीहरुको साझा शैक्षिक तथा राजनीतिक मुद्दाहरुलाई संयुक्त रुपमा अगाडी बढाउनु पर्ने अवधारणा ल्याए पछि संयुक्त विद्यार्थी आन्दोलनहरु पनि अगाडी बढेको इतिहास पनि छ ।
अवका विद्यार्थीहरु एउटा लडाकु र आन्दोलनकारी शक्तिको रूपमा मात्रै होइन, वैचारिक र अन्वेषक शक्तिका रूपमा उदाउन सक्नुपर्छ । अबका विद्यार्थी जिल्ला सदरमुकामहरुका, सडक तताउने होइन, देशभरका स्कुल र कलेजका विद्यार्थीको दिमाग भर्ने गरी वैचारिक अभियान थाल्नुपर्छ । नत्र केही वर्षपछि विद्यार्थी संगठनको औचित्य र सान्दर्भिकता समाप्त हुनेछ । पछिल्लो समयमा विद्यार्थी राजनीति गर्नेहरुमा कुशल नेतृत्व क्षमता र संगठन व्यवस्थापन तरिका नभएको, अलमल्ल परिरहेको देखिन्छ । विद्यार्थी संगठनमा लाग्नेहरू मुलुकको राजनीतिक, सामाजिक, आर्थिक लगायतका विविध आयममा स्पष्ट र ज्ञानगत हिसाबले भरिपूर्ण हुनुपर्ने हो, तर विद्यार्थी नेतामा उक्त ज्ञानको खडेरी देखा परिरहेछ । गुटबन्दी र गुण्डागर्दिवाट आएको नेतृत्वले विचार विमर्श गर्न सक्दैन, विद्यार्थी संगठनको सकरात्मक छाप विद्यार्थीवर्ग विचमा पार्न सक्दैन, परिणाम स्वरुप विद्यार्थी राजनीति पतनको बाटोमा जान्छ तेसैले नेपाल विद्यार्थी संघले आफुभित्रको गुटबन्दीको रोग निधान गर्न नेतृत्व गर्नेहरु आफैमा माझिनुपर्ने देखिन्छ । नेतृत्व गर्नेहरु नेपाल र विश्वमा भइरहेको पछिल्लो वैचारिक बहसका विषयमा दिनदिनै छलफल गरेर बुझेर अगाडि बढनुपर्नेमा कतिपय विद्यार्थी नेताहरू आफ्नै दलको वैचारिक लाइनमा समेत स्पष्ट देखिँदैनन् । लोकतन्त्र प्राप्तिमा जिवन समर्पण गरेर हिडेकाहरु, लोकतन्त्र स्थापनाको लागि अमुल्य योगदान पु¥याएकाहरु, लोकतान्त्रिक शासनको हिमायती नेता तथा कार्यकर्ताले लोकतान्त्रिक संस्कार र चरित्रलाई आफूमा लागू गर्याे भने संगठन सहि अर्थमा संगठन जस्तै नेता असली नेता जस्तै बन्नेछन ।
विद्यार्थी नेताहरु आफुले प्राप्त गरेको ज्ञान अनुसार चल्न नसक्ने, ज्ञानलाई व्यवहारमा उतार्न नसक्ने साथै सर्टिफिकेटमा मात्रै उत्तिर्ण तर व्यबहारिक रूपमा फेल भएको कारण, अधिकांशले नेपाल विद्यार्थी संघ वा अन्य राजनीतिक दलका विद्यार्थी संगठन भनेको नपढ्ने वा पढ्न कमजोर विद्यार्थीको क्लबका रूपमा हेर्ने गरिएको छ।यस्लाई चिर्ने सामर्थ्य अहिका विद्यार्थी नेतामा नभएको महसुस भएको छ।यस्कालागि ठुलो विचार विमर्श गर्न जरुरी छ । नेपाल विद्यार्थी संघ अब देश, जनता, विद्यार्थीको शैक्षिक गतिविधि र लोकतन्त्रको वृद्धिविकासमा झन कृयाशिल हुनु जरुरी छ । विद्यार्थी राजनीति देशको इतिहास मात्र होइन वर्तमान र भविष्य हो ,खालि इतिहास भजाउने हैन नयाँ र युग सुहाउँदा शैक्षिक गतिविधि अगाडि वढाउन ,आफैले विद्यार्थी संगठनहरुले मार्ग्निर्देशन गर्न सक्नुपर्दछ ।
संविधान निर्माणको यात्रासँगै देशले जितेको यो बेला सुन्दर वर्तमान र सुनौलो भविष्य निर्माण गर्ने समय हो । देशको सिंगो जिवनमा यात्रा गरेको लोकतन्त्र र लोकतन्त्र प्राप्तिकै एतिहासिक उतारचढावपुर्ण कालखण्ड जहाँ नेपाल विद्यार्थी संघको जिवन जोडिएको छ । सवैभन्दा परिस्कृत र लामो इतिहास बोकेको ने.वि.संघ विद्यार्थी राजनीतिमा भिन्न पृष्ठभुमी भएको संगठन हो जसले संगठन सरल, सहज, शालीन र विद्यार्थीको शैक्षिक हितका लागि उत्तरदायी हुनुपर्छ भन्ने मुलभुत मान्यता राख्दछ । परिवर्तनको प्रतिनिधित्व गर्ने संस्था ने.वि.संघले लोकतन्त्र प्रतिको निष्ठा, वर्गिय हक अधिकार, सु–शासन, पारदर्शीता र जवाफदेहीतामा आफ्नो जिवन अर्पण गरेको छ । विद्यार्थी राजनीतिका पट्यार लाग्दा शृंखलाहरुलाई राजनीतिकर्मी, वौद्धिक समुदाय, नागरिक समाज र मिडिया मार्फत सहज र सरल बनाउँदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गर्ने संगठन ने.वि.संघ आफु बिचको विद्यमान अविश्वासको बाताबरण अन्त्य गर्दै,एक असाधारण संगठन भएका कारण त्यस्ता आन्तरिक समस्याहरुलाई पन्छाउँदै आफ्नो गन्तव्य तर्फ यात्रारत छ । भनिन्छ बोली होइन कर्म लेखिन्छ इतिहासमा तसर्थ अग्रगामी सोच सहित प्रगतिशिल र परिस्कृत कर्मको यात्री बन्नुपर्छ ने.वि.संघ हरेक विद्यार्थीको मनमा आशा र भरोसाको ढुकढुकी बन्नुपर्छ ने.वि.संघ, विद्यार्थीका वर्गिय हक अधिकारका लागि आफ्नो जिवन अर्पण गर्न सक्ने ने.वि.संघ, विद्यार्थी, देश र जनतालाई केन्द्रमा राख्ने त्याग र सेवाभावको ने.वि.संघ, दुरदृष्टि सहित विद्यार्थीको समस्यालाई समाजसँगै बग्ने गतिशिल जिवन पद्दती मान्ने ने.वि.संघ, विद्यार्थी संसाधनको व्यवस्थापन गर्ने ने.वि.संघ, प्रगतिशिल विचार, योजना र दृष्टिकोण भएको ने.वि.संघ, विधि र सामाजिक मुल्यलाई आत्मसाथ गर्ने ने.वि.संघ, निष्ठा, इमान्दारीता, सिर्जशीलता र नैतिकतामा आधारीत ने.वि.सघ, तोडफोड र गुण्डागर्दी बिनाको ने.वि.संघ, परिवर्तित विश्व सन्र्दभ र विकसित सुचना प्रविधिसँग घुलमिल हुन सक्ने ने.वि.संघ, विश्वका सफल राजनीतिक अभ्यासहरुलाई आफ्नो मौलिकतामा अनुसरण गर्न सक्ने ने.वि.संघ, विभिन्न विश्वविद्यालयहरुलाई अत्याधुनिक र प्रविधियुक्त बनाई विश्व बजारमा प्रतिस्पर्धि नागरिक निर्माणमा मद्दत गर्ने ने.वि.संघ, नेपाली समाजको नेपाली समाजको प्राकृतिक स्रोतसाधन, क्षमता र आवश्यकताको आधारमा शैक्षिक कार्यक्रम निर्माण गर्न सक्ने ने.वि.संघ राष्ट्र, राष्ट्रियता, बहुलवादमा आधारित लोकतन्त्र प्रति प्रतिबद्ध ने.वि.संघ, विधानतः आवधिक अधिवेशन–महाधिवेशन गर्ने ने.वि.संघ तसर्थ ने.वि.संघ परिस्कृत र प्रगतिशिल, संगठित र प्रशिक्षित, साझा र सृजनशिल, सुचित र प्रविधियुक्त हुनु पर्छ । कसको ने.वि.संघ ? विद्यालय देखि विश्वविद्यालयसम्म अध्ययन गर्ने विद्यार्थीको ने.वि.संघ । स्वतन्त्रता, न्याय र ऐक्यवद्धताका पक्षधर विद्यार्थीको ने.वि.संघ, विधिको शासन, दण्ड र पुरस्कारलाई आत्मसाथ गर्ने विद्यार्थीको ने.वि.संघ, समाजमा परिवर्तन ल्याउन कृयाशिल विद्यार्थीको ने.वि.संघ । सामाजिक अन्याय र शोषण विरुद्ध लाग्ने विद्यार्थीको ने.वि.संघ, जनचेतना र जनमतमा विश्वास गर्ने विद्यार्थीको ने.वि.संघ, शान्ति र अहिंसामा विश्वास गर्ने विद्यार्थीको ने.वि.संघ, विपक्ष विद्यार्थी संगठनको अस्तित्वलाई स्विकार्ने विद्यार्थीको ने.वि.संघ, अध्ययन, अनुसन्धान, अग्रग मनकारी सोच राख्ने विद्यार्थीको ने.वि.संघ, संसार पढ्ने, खोज अनुसन्धान गर्ने र श्रम गर्नेहरुको हो भन्ने मान्यता राख्ने विद्यार्थीको ने.वि.संघ, अन्य मुलुकका विद्यार्थी र शिक्षासँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ भन्ने आँट र मेहनत गर्ने विद्यार्थीको ने.वि.संघ,देशको विद्यमान आवश्यकता र समस्याको पहिचान गरी सम्भाव्य समाधानमा कृयाशिल विद्यार्थीको ने.वि.संघ । तसर्थ, निःसन्देह रुपमा लोकतन्त्रमा वादविवाद र असहमतिका अवस्थाहरु विद्यमान हुन्छन् तर यि अवस्थाहरुनै लोकतन्त्रका अन्तरनिहित शक्ति हुन् जसले समाजलाई गतिशिलता र जिवन्तता प्रदान गर्दछ र लोकतन्त्रमा सच्चिएर अगाडि बढ्ने बाटो सधै खुला हुन्छ तसर्थ लोकतन्त्रको अर्को पाटो भनेको नै सम्भावनाको खोजि हो र अवसर पनि हो भन्ने विद्यार्थीको साझा संगठन हो ने.वि.संघ ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता सबै हाम्रा आदर्श होइनन् राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई ने.वि.संघका धेरै अग्रजहरु र साथिहरुले बोल्दा र लेख्दा आदर्श भनेको सुनिन्छ र पढिन्छ तर राष्ट्रियता हाम्रो आदर्श हो, लोकतन्त्र पद्दति, समाजवाद कार्यक्रम र विद्यार्थी एकता राजनीतिक रणनीति हो । हामीले पद्दति, कार्यक्रम र राजनीतिक रणनीतिलाई समेत आदर्श भन्यौ भने ने.वि.संघ प्रतिस्प्रधी संगठन बन्न, सक्दैन । नेपाल विद्यार्थी संघले अब योजना बनाएर अगाडि बढनुपर्छ, देश, काल, समय परिस्थिति अनुरुपको शैक्षिक योजना तयार गर्ने कार्यान्वयन गर्न दबाब दिनेमात्र नभई कार्यान्वयनमा राज्यलाई सघाउने, समस्या सृजना गर्ने होइन समाधान दिन सक्ने नेपाल विद्यार्थी संघ,चन्दा आतंङ्क मच्चाउने , कसैलाई हात थापेर माग्दै हिड्ने राजनीति होइन, अरुलाई दिन सक्ने,बाढन सक्ने विद्यार्थीको क्षमता निर्माण गरि समाजमम योगदान र्पुयाउने सक्ने नेबिसंघ बन्नुपर्छ । बल्लतल्ल घोकिएको इतिहास भजाउने विद्यार्थीको हैन, आफैले इतिहास कोर्ने विद्यार्थीको नेबिसंघ बन्नुपर्छ।त्यसैले आझको दिनमा नेपाल विद्यार्थी संघको नेतृत्व आपसमा जन्जिर रच्ने ,आफैमा फेद काटने हैन विद्यार्थी ,विद्यार्थी बन्नको लागि नेपाल विद्यार्थी संघमा आस्थावान र आबद्द हुनुपर्दछ भन्ने उदाहरणको पात्र नेपाल विद्यार्थी संघका नेतृत्व बन्नुपर्दछ । आजको युगमा नारा, जुलुस, ढुङ्गामुढा, टायर बाल्ने, तोडफोट र तालाबन्दी गर्ने काम नेपाल विद्यार्थी संघले गर्दैन र गर्नुहुदैन,त्यो अरु विद्यार्थी संगठनलाई जिम्मा लगाएर नयां विचार,नयाँ सृजना र समाजका लागि चेतना र सन्देशमुलक कार्य नेविसंघले गर्नुपर्दछ । विद्यार्थी एकता र राजनीति अव संसार धोस्त पार्ने हैन संसारको मुहार फेर्नेतर्फ केन्द्रीत हुनुपर्छ । देशले मागेको गुणात्मक शिक्षा,शान्ति, विकास शदभाव र समझदारी युवा विद्यार्थीले मात्रै दिन सक्छन् विद्यार्थी जगतको रचनात्मक भुमिका सुखि र समृद्ध नेपालको लागि अदितिय छ । त्यसैले अबको नेपाल विद्यार्थी संघले हिजोको विद्यार्थी राजनीतिको परिभाषालाई बदल्ने गरि अगाडि बढनुपर्छ । जयनेपाल

प्रतिक्रिया जनाउनुहोस्