सत्य स्वरुपको गायनमा हुने दशैतिहार साँगीतिक साँझको तयारी पुरा ।

ब्राम्टन, २६ अक्टोबर
लोकपृय गायकहरु सत्य र स्वरुपराज आचार्यको गायनमा नेपाली जनसम्पर्क समिति क्यानडाले गर्न गइरहेको दशैतिहार शुभकामना साँस्कृतिक साँझको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
आउँदो अक्टोबर २७ गते शनिवारको गरिने कार्यक्रमका लागी ६६५० हुरन्टेरियो, मिसिसागा स्थित जर्मन क्यानेडियन क्लवको हल बुक, खानाको तयारी र कार्यक्रमका लागी कलाकारहरु क्यानडा आइसकेका छन् ।
नेपाली जनसम्पर्क समितिले पहिलोपटक बृहद साँगीतिक साँझ आयोजन गर्न लागेको हो । कार्यक्रमका लागी १५ डलर शुल्क तोकिएको हो भने १० बर्ष मुनिका बच्चाहरुका लागी निशुल्क गरिएको छ ।

कार्यक्रममा अासीर्बाद सुबेदी, रीता बुर्लाकाेटी, राेशन केसी, लगायत अन्य कलाकारहरूकाे साँगीतिक प्रस्तुती रहने छ ।

कार्यक्रममा लागी अतुल सुबेदी, सुनन्द सुवेदी, इश्वर राजन,र नर बहादुर टन्डनले स्पाेन्सर गर्नुभएकाे छ ।

कार्यक्रममा राष्ट्रिय खेलाडीहरु तथा कलाकारहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।
सत्यराज आचार्य र स्वरुपराज आचार्य सदाबहार कलाकार हुन् । उनिहरुका गीत सवै बर्ग जाती, क्षेत्र, लिंग र उमेरकालागी उत्तिकै लोकपृय रहेका छन् ।
बल गरेर यो मन, सोल्टिनी, तिमि कस्को हुनी होला, माया त मार्यौ मार्यौ, पागलै भन लगायतका गीतहरु लोकपृय रहेका छन् ।
स्वरुप र सत्य बरिष्ठ गायककार एवं संगितकार भक्तराज आचार्यका छोराहरु हुन ।
सत्य र स्वरुपले क्यानडाका विभिन्न स्थानमा आफ्ना पारखिहरुलाई साँगितीक मनोरन्जन दिनेछन् ।

प्रतिक्रिया जनाउनुहोस्