मुस्ताङमा पर्यटकको ओईरो

मुस्ताङ- 
पोखरा पछि मुस्ताङ पर्यटककाे अर्को रोजाई बनेको छ । गण्डकी प्रदेशमाको सुन्दर सहर पोखरा पछिको पर्यटकको अर्को रोजाई हिमाल पारीको जिल्ला मुस्ताङ परेको हो । मुस्ताङमा अहिले बाह्र तथा आन्तरिक पर्यटकको ओईरो लागेको छ । विशेष गरी दशै–तिहारको बिचमा पर्यटकहरुको घुँईचो लागेको छ ।
पोखरा घुम्न आएका पर्यटकहरु अहिले मुस्ताङ नपुगी फर्कदैनन् । विशेषत असोज–कात्तिक र फागुन–चैत–बैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिने हुँदा यस सिजनमा धेरै ठाउँबाट पर्यटकहरु घुम्न आउने गर्दछन । सडक, यातायातको सुविधा, दशै तिहार छुट्टी र अनुकुल मौसमका कारण आन्तरिक तथा बाह्र पर्यटकको चहलपहल बढको छ ।
पोखराबाट अन्नपुर्ण बेस क्याम्प हुँदै मुस्ताङ पुग्न सकिन्छ भने पर्वत, बागलुङ र म्याग्दी हुँदै पनि पुग्न सकिन्छ । त्यसैगरी पोखरा–मुस्ताङ हवाईजहाजमा पनि जान सकिने हुँदा पर्यटकहरु बढदै गएका छन । अधिकाशं पर्यटकहरु बागलुङको बागलुङ कालिका, पञ्चकोट, म्याग्दीको बेनीमा रहेको गलेश्वर, रुप्से झरना, मुस्ताङको मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङ सम्म पुग्ने गर्दछन । यस क्षेत्रमा पर्वत बागलुङ हुँदै जोमसोम सम्म पुग्दा विभिन्न धार्मिक तिर्थस्थल पर्ने हुँदा धार्मिक पर्यटकहरु बढि देखिन्छन ।
बागलुङ,पर्वत र म्याग्दीका होटलहरु भरिभराउ
मुस्ताङ घुम्ने पर्यटकको आगमन बढेपछि पर्वत बागलुङ र बेनी बजारका होटलहरु भरिभराउ भै रहेका छन । मुक्तिनाथ जाने पर्यटक पर्वत र बागलुङका तिर्थस्थलहरु पनि घुम्ने हुँदा यहाँका होटलहरु भरिभराउ भएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । होटल पिस प्यालेसका संचालन समेत रहेका राजभण्डारीले भने, ‘अहिले हाम्रो होटलमा राख्ने ठाउँ छैन दैनिक ८० जना नयाँ व्यक्तिहरु आउने गरेका छन अधिकाशं मुस्ताङ जाने पर्यटक हुन्छन । त्यसैगरी बेनी– जोमसोम अन्तरर्गत तातोपानी, घासाँ र जोमसोम सम्मका होटल तथा लजहरुमा अहिले बास बस्ने ठाउँ नभएको मुक्तिनाथ घुम्न निश्केका पर्यटक बालकृष्ण शर्माले बताए ।

बेनीका झण्डै ५० होटल र मुस्ताङका २ सय ८० वटा होटल तथा लजमध्ये अधिकांश होटल हरेक रात भरिभराउ छन् । पोखरा देखि हवाईमार्ग, गाडी तथा मोटरसाईकल बाट पर्यटक मुस्ताङ भित्रिएका छन् । अहिले दैनिक २ हजार पाचँ सय भन्दा बढी पर्यटक मुस्ताङ भित्रीएको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।
माटोको सहर, हिमालको दृष्य, प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, स्याउ बारी, ठीनी, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ प्रसिद्ध मानिन्छ । पछिल्लो समय युवायुवती र पारिवारीक घुमघामको मुख्य गन्तव्य मुस्ताङ बनेको छ । आन्तरिक पर्यटकको तथ्याङक सङकलन नगरे पनि बाह्य पर्यटक भन्दा आन्तिरिक पर्यटक दोब्बर आउने स्थानिय व्यवसायीहरु बताउँछन ।
मुस्ताङ घुम्न जाने पर्यटकलाई आर्कषण गर्नका लागी बागलुङमा रहेको बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोटलाई व्यवस्थित गराउँदै लगिएको छ । मुस्ताङ जाने पर्यटक अहिले १ रात बागलुङ बस्न लागेका छन पोखरा बाट बागलुङ आएर यहाँको कालिका मन्दिर र पञ्चकोट घुमि एक रात यहाँ बसी मुस्ताङ जाने गर्दछन व्यवसायी राजभण्डारीले भने ‘मुक्तिनाथ जाने पर्यटकले बागलुङका होटलहरु भरिभराउ रहेका छन । यसले बागलुङको पर्यटन पर्वद्धनमा पनि सहयोग पु¥याएको छ । अहिले बागलुङमा झण्डै ८० वटा होटल तथा रेष्टुरेण्ट छन सवै होटलहरु दैनिक रुपमा भरिभराउ रहेका छन । अरु बेलाको भन्दा दशै तिहारको बेलमा मुस्ताङ जाने पर्यटकले बागलुङका होटल व्यवसायीलाई ठुलो टेवा पुगेको राजभण्डारीले बताए । मुस्ताङ जाने पर्यटकलाई लक्षित गरी म्याग्दीको बेनीमा पनि पर्यटकहरुका लागि खान र बस्नको अभाव हुन नदिन होटलहरु विच समन्वय गरेर भित्रिएका पर्यटकलाई खान बस्नको सुविधा मिलाएका छ । अहिले म्याग्दीको बेनी बजारका होटलहरु मुस्ताङ जाने पर्यटकले भरिएका छन । मुस्ताङ गण्डकी प्रदेशको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा रहेको छ ।

प्रतिक्रिया जनाउनुहोस्