झोलुङ्गे पुलको जिल्लामै दुई सय पुल जिर्ण

बागलुङ-
‘नेपाल भित्रको सानो नेपाल’ ले परिचित बागलुङको अर्को मुख्य चिनारी ‘झोलुङ्गे पुलको जिल्ला’ पनि हो । विद्यालयमा विद्यार्थीहरुलाई हाजिर जवाफमा सोधिने गरिन्छ झोलुङगे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? विद्यार्थीको सरल जवाफ बागलुङ भनेर आउँछ । बागलुङले झोलुङगे पुलको जिल्ला भनेर छुट्टै पहिचाहन बनाएको छ । जिल्लामा धेरै खोला नाला र खोस्साहरु छन अधिकाशं क्षेत्रमा एक गाउँ देखी अर्को गाउँ सम्म जानका लागी झोलुङगे पुल तर्नुनै पर्ने हुन्छ । प्रविधि भित्रिनु अघि जिल्लाका विकट गाउँ र वस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर झोलुङ्गे पुल बनाइन्थ्यो । अहिले पुरानो पुलहरु जिर्ण बन्दै गएका छन ।
झोलुङ्गे पुल निर्माणमा व्यवस्थापन र मध्यस्तता गर्दै आएको भिमापोखरा युवा क्लव बागलुङले गरेको सर्वेक्षण अनुसार जिल्लामा झण्डै दुई सय पुल जीर्ण रहेका छन् । तिमध्ये केही तत्कालै पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको छन । परापुर्वकालमा नै स्थानिय सिप र स्थानिय कालिगढहरुबाट बनाईएका पुल झनै जिर्ण अवस्थामा रहेको क्लबका सामाजिक परिचालक प्रेम केसीले बताए । पछिल्लो सर्वेक्षण अनुसार जिल्लामा ४ सय १० झोलुङ्गे पुल छन् । ति मध्ये अधिकांश पुल परम्परागत प्रविधिबाट निर्मित छन् । तिनीहरुको मर्मत गर्न सक्ने अवस्थामा छैन । पछिल्लो समयमा जिल्लामा दर्जनौं नयाँ पुल बनेका छन् । ति सवै आधुनिक प्रविधिका झोलुङ्गे पुल हुन । दुई वर्ष यता मात्रै जिल्लामा २१ वटा झोलुङ्गे पुल बनेका छन् । गत आवमा जिल्ला समन्वय समिति, तत्कालिन जिल्ला प्राविधिक कार्यालय मार्फत ९ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा २ पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो ।

जिल्लामा परम्परात शैलिमा निर्माण गरिएका पुल नै धेरै रहेका छन । अधिकाशं क्षेत्रका पुलहरु अहिले जिर्ण बन्दै गएका छन । परापुर्व कालमा नै स्थानिय सिप स्थानीय कालिगढहरुलाई पुल बनाउने जिम्मा दिइन्थ्यो । तर, अहिले नयाँ प्रविधिले त्यसको ठाउँ लिइसक्यो । रैथाने सीपमै आधारित परम्परागत शैलीका यस्ता पुल अहिले देख्न मात्रै पाइन्छ । धेरै पुल जीर्ण भइसकेका छन् । अब त यस्ता पुल बनाउने कुशल कालिगढहरु भेट्टाउनै पनि मुश्किल भैसकेको छ । स्थानीय कालिगढ र सीपलाई नयाँ प्रविधिले झण्डै झण्डै विस्थापन गरिसकेको छ । नेपालमा नयाँ प्रविधिको झोलुङ्गे पुल बन्न झण्डै १४ वर्ष भै सक्यो ।

नेपालमा स्वीस विकास सहयोग (एसडिसी) को सहकार्यमा एक दशक यतादेखि आधुनिक प्रविधिका झोलुङ्गे पुलहरु बन्न थालेका हुन् । यसमा स्थानीय उपभोक्ता समूहहरुलाई संगठित गरी श्रमको जोहो गरिन्थ्यो र सामग्री तथा प्राविधिक सहयोग स्वीट्जरल्यान्ड सरकारबाट उपलब्ध हुने गथ्र्यौ । त्यसअघि राणा कालमै कतिपय नदीमाथि झोलुङ्गे पुल बनाइएका थिए ।

स्थानीय समुदायले स्वयं काठे वा झोलुङ्गे पुल बनाउने गरेका सयौं उदाहरण अझै पनि नेपालका विभिन्न ठाउँमा देख्न पाइन्छ । झोलुङ्गे पुल बनाउने रैथाने प्रविधि वा सीप अहिले प्रयोगमा छैन । आधुनिक प्रविधिको झोलुङ्गे पुल निर्माणमा परम्परागत प्रविधिकै विकसित अचेल धेरै प्रयोगमा आएको पाइन्छ । जसलाई बागलुङे प्रविधि पनि भनिन्छ । रैथाने ज्ञान र सीप चलाएर झोलुङ्गे पुल बनाउने पुस्ताका व्यक्तिहरु अहिले औंलामा गन्न मिल्ने संख्यामा मात्र जिवीत छन् । उनीहरुसँग पनि त्यसबेला पुल निर्माण गर्दाका संघर्षपूर्ण र कठिन दिनहरुको सम्झना मात्र बाँकी छ । पहिलेका पुस्ताहरुमा भएको रैथाने सीप र कौशल हराइ सक्न लाईसक्यो ।
गाउँको विकासका निम्ती संघर्ष गरेका ताराखोला गाउँपालिका–२ अर्गलका गोविन्द घर्ती पुराना दिनहरु सम्झिन्छन । गाउँमा आवतजावत गर्नका निम्ति बुटबलबाट फलाम बोकेर गाउँमा पुल निर्माण गरेको काम उनको मानसपटलमा अझै ताजै छ । हाल ६५ बर्षिय घर्ति २०२८ सालमा झोलुङ्गे पुल बनाउने फलाम लिन आफ्नो बाबु सँग बुटवल गएका थिए । १४÷१५ दिन हिँडेर बल्ल बुटवल पुगिन्थ्यो,’ घर्तीले त्यहाँबाट, ‘त्यहाँबाट फलाम बोकेर ल्याएर पुल बनाइन्थ्यो । पुल बनाउने योजना बनेपछि गाउँभरिका मानिसहरु लाम लागेर फलाम लिन बुटवल झर्थे । गाउँले मिलेर बुटबलबाट ल्याएको फलाम आरानमा गालेर लठ्ठा बनाउन झण्डै तीन महिना लाग्थ्यो ।
पुरै झोलुङ्गे पुल तयार हुन महिनौ बित्थ्यो । फलाम गालेर, पिटेर बनाइएका साङ्ला एकापसमा गाँसेर लामो लठ्ठा बनाउने गरिन्थ्यो । स्थानीय विश्वकर्मा समुदायका कालिगढले फलामको लठ्ठा बनाउने जिम्मा लिन्थे । घर्तीका अनुसारका लठ्ठा बनेपछि मात्र पुलको अरु काम शुरु हुन्थ्यो । उतिबेला ‘सिमेन्ट, बालुवा केहीँ हुँदैनथ्यो, ढुङ्गाले मात्र पुलको ‘जिप’ बन्थ्यो,’ घर्तिले भने, ‘ठूल्ठूला ढुङ्गा र खाल्डा प्रयोग गरेर पुलको लठ्ठा तन्काउने विधि प्रयोग गर्दथौं ।’ ‘जिप’ को पछाडिपट्टी ठूलो खाल्डा खनी त्यसमा गारो चिन्ने अनि त्यहीँमाथि ढिुङ्गा चढाई लठ्ठा खिच्ने गरिन्थ्यो । ‘लठ्ठा ढुङ्गामा बाँधेपछि तल चिनिएको गारो विस्तार झिक्दा ठूलो ढुङ्गा तल खस्दै जान्थ्यो अनि लठ्ठा तानिन्थ्यो,’ घर्तीले भने । उक्त काम होसियारीपूर्वक नगरे पुलको ‘जिप’ नै भत्किने खतरा हुन्थ्यो । कामका लागी ४०÷५० जना खट्नु पथ्र्यो । लठ्ठा खिच्ने ढुङ्गा ल्याउन, खाल्डो खन्न, लठ्ठा खिच्न मान्छेको बल र बुद्धीको खाँचो पथ्र्यौ । यसरी ढुङ्गा अल्झाएर तानेको लठ्ठाले नै पुलको भार थाम्ने गथ्र्यौ । ढुङ्गा र पहरा भएका ठाउँमा छिनाले दुई हातसम्म प्वाल पारेर लठ्ठा अड्काउने गरिने घर्तिले बताए ।
लठ्ठा तानेपछि पुलको तलपट्टी काठ बिछ्याउने र दायाँबायाँ फलामकै पाताले बार लगाउने गरिन्थ्यो । यसरी बनेका झोलुङ्गे पुलको संख्या ताराखोला गाउँपालिकामा मात्र झण्डै ८० वटा छन ।

एउटा झोलुङ्गे बनाउन सिङ्गै गाउँका मानिस खटिने गरेको स्थानिय फुलमायाँ घर्ति बताउँछिन । उनका अनुसार करिब ७५ वर्षअघि देखि त्यसरी पुल बन्न थालेका हुन् । झोलुङ्गे पुल बन्नुअघि भने काठे पुल मात्र प्रचलनमा थिए । झोलुङ्गे पुल बन्न शुरु गरेपछि कतिपय गाउँलेको जिविका पुलमै श्रम गरेर चल्ने गथ्र्यो । प्रायः भने झरालीको रुपमा पुल निर्माणमा खटिन्थे । गाउँले आफै अग्रसर बनेर पुल बनाउने काममा जुट्ने गरेको घर्तीले बताईन । ‘सरकारको योजना थिएन, गाउँमा पैसा र इज्जत भएका मानिसले पुल बनाइदिन्थे,’ उनले भनिन । उ बेला गाउँका मुखियाहरु यसमा अग्रसर हुने गर्दथे । त्यसबेला झोलुङ्गे पुल बनाउन फलाम खरिद गर्न बाहेक बाँकी गाउँलेले श्रमदान गर्ने गर्दथे । कति लाग्ने भन्ने खर्च एकिन हुँदैनथ्यो ।
लठ्ठा बनाउने कालिगढलाई अन्नबाली दिने चलन थियो
फलाम गालेर लठ्ठा बनाउनका लागी आरानमा काम गर्ने कालीगढलाई पारिश्रमिक स्वरुप अन्नबाली दिने चलन थियो । ‘धेरथोर पैसा पनि हुन्थ्यो, बढीजसो बाली लिन्थ्यौं’ ताराखोला गाउँपालिका–५ का कालीगढ तुलबहादुर विकले भने । झोलुङ्गे पुल निर्माणमा आधुनिक प्रविधि भित्रिएपछि परम्परागत सीप लोप मात्र भएको छैन आरान चलाउने, भारी बोक्ने, कालीगढी गर्ने व्यक्तिको कमाइको श्रोत पनि गुमेको छ ।
परम्परागत प्रविधिलाई ‘इन्जिनियरिङ’ गरिएको
परम्परागत प्रविधिलाई ‘इन्जिनियरिङ’ गरि नयाँ प्रविधि भित्राइएको तत्कालिन जिल्ला प्राविधिक कार्यालय बागलुङमा झोलुङ्गे पुल हेर्ने इन्जिनियर बलविक्रम दाहालले बताए । दाहालका अनुसार यसवर्ष सात वटा झोलुङ्ग पुलको सर्वेक्षण गरी डिपिआर तयार भै सकेको छ । तर कसले निर्माण गर्ने भन्ने एकिन भएको छैन । सवै बजेट र अधिकार स्थानिय तहमा नै गएको हुँदा स्थानिय तहले आवश्यकता अनुसार निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने उनको भनाई छ ।
नयाँ प्रविधिको पुल तिन महिना मै तयार
दाहालका अनुसार आधुनिक प्रविधिबाट अहिले बन्ने पुल तीन महिनामै तयार हुन्छन् । लठ्ठा, जाली लगाएतका निर्माण सामाग्री सबै तयारी अवस्थामै किन्न पाइन्छन् । ‘झोलुङ्गे पुल बनाउने पुरानो प्रविधि हराइसक्यो’ इन्जिनियर दाहालले भने, ‘गुणस्तर, लागत खर्च, समय इत्यादि कारणले आधुनिक प्रविधि नै उत्तम छ ।’ सरकारले २०६२ सालमा ल्याएको झोलुङ्गे पुल रणनीति अनुसार तोकिएको मापदण्डमा अहिले पुलहरु निर्माण भइरहेका छन् ।
आधुनिक प्रविधिबाट १ सय २० मिटर सम्मका लामा ‘सस्पेन्डेट’ पुल बन्ने हुँदा बजेट व्यवस्थापन भएमा गाउँ देखी अर्को जोडनका लामो पुलहरु पनि निर्माण गर्न सकिने दाहालले बताए । जिल्लामा परम्परागत प्रविधि मार्फत निर्माण गरिएका पुलहरु जिर्ण अवस्थामा रहेका कारण तिनीहरुलाई हटाएर आधुनिक प्रविधिका पुल निर्माणका लागी प्राथमिकता दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया जनाउनुहोस्