सिन्धुलीगढीका लागी क्यानडाबाट ४ लाख, जनसम्पर्कले गर्याे ६० हजार सहयाेग ।

ब्राम्टन, १५ अक्टोबर


गैरआवासिय नेपाली संघले निर्माण गर्न लागेको ऐतिहाँसिक सिन्धुलिगढीका लागी क्यानडाबाट ४ लाख नेपाली रुपैया संकलन गरि पठाइएको छ ।
गैरआवासिय नेपाली संघको सिन्धुलिगढी पुननिर्माण समितिमा क्यानडाबाट प्रतिनिधित्व गर्नुहुने मान पौडेलको सक्रियतामा ४ लाख संकलन गरि पठाइएको हो ।

सिन्धुलीगढी पुननिर्माणका लागी नेपाली जनसम्पर्क समिति क्यानडाले ६ सय ६३ क्यानेडियन डलर बराबर करि ६० हजार रुपैया सहयोग गरेको छ ।
सिन्धुलीगढी अभियानका लागी डा कुन्जरमणी शर्माले ५ सय क्यानेडियन डलर सहयोग गर्नभएको छ । त्यस्तै कानुन व्याबसायी अतुल सुबेदी २०० र एभरेष्ट रियल्टीले २ सय डलर सहयोग गर्नुभएको हो ।


संकलित रकम नेपाल पठाइसकिएको सिन्धुलीगढी पुननिर्माण टास्कफोर्सका सदस्य मान पौडेलले बताउनुभयो ।
अभियानका लागी ५३ जनाबाट ४ हजार ४ सय ९६ क्यानेडियन डलर संकलन भएको थियो ।
४ लाख नेपाली रुपैया संकलन गर्ने लक्ष राखेर अभियान शुरु भएको थियो । लक्ष पुरा भएपछि गत यहि अक्टोबर १३ गते शनिवार देखि सहयोग संकलन रोकिएको छ ।
सहयोग संकलनमा सहयोग गर्नुहुने नेपाली जनसम्पर्क समिति क्यानडा, डा कुन्जरमणी शर्मा, अतुल सुबेदी, एभरेष्ट रियल्टी लगायत सबैलाई सिन्धुलीगढी टास्कफोर्सका तर्फबाट सदस्य मान पौडेलले धन्यबाद दिनुभएको छ ।

प्रतिक्रिया जनाउनुहोस्