२३ दिन पछि खुल्याे मध्यपहाडी लाेकमार्ग

बागलुङ-
पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ—बुर्तिबाङ खण्डमा शनिबार देखी यातायात संचालन आएका छन । गत भदौ २९ गते गएको जिल्लाको बडिगाड गाउँपालिका—७ भिमगिठेको तुरतुरेमा चट्टान सहित झरेको सुख्खा पहिरोका कारण अवरुद्ध लोकमार्ग ३ साता पछि संचालनमा आएको छ । सडक नखुल्दा पश्चिम क्षेत्रका जनताले सास्ती बेहोर्नु परेको थियो । पहिरोले बडिगाड खोला थुनिएर ताल बनेको छ । करिब ७ घण्टा थुनिएको खोला भदौ ३० गते बिहान ६ बजेबाट ओभरफ्लो भएर बग्न सुरु गरेकोे थियो ।
पहिरो हटाउनका निम्ती दुई तर्फबाट चार वटा डोजर प्रयोग गरी काम अगाडि बढाईएको थियो । चार वटा डोजरको सहायतामा २ साताको लामो प्रयोस पछि पहिरो हटाउने सफल भएको मध्यपहाडी लोकमार्ग आयोजनाका डिभिजन ईन्जिनियर रमेश दृष्टीले बताए । ‘हामी यो दुई साता पहिरो पन्छाउने काममै सक्रिय भयौंं, दृष्टीले भने नागरिकले पाएको सास्ती र चाडबाड नजिकिएका कारण कामलाई तिब्र दियो शनिबार देखी यातायात सहज रुपमा सुचारु भएका छन । कडा चट्टान सहितको पहिरो भएका कारण हटाउनका लागि लामो समय लागेको उनले बताए ।
पहिरोले लोकमार्ग खुले सँगै पश्चिम क्षेत्रमा यातायातको सहज भएको छ । पहिरोले बाटो छेकिएपछि पन्ध्र मिनेटको बाटो दुई घण्टा बढि समय लगाएर पैदलमार्गबाट आवत जावत गर्ने समस्या उत्पन्न भएको थियो । स्थानीय तहको पहलमा बैकल्पीक सडक सञ्चालनमा आए पनि त्यसले स्थानीयलाई खासै ठूलो राहत दिन सकेको थिएन । चाडपर्वको आगमन सँगै धेरै सकस र मनपरी भाडाँ लिने गरेका कारण यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए । पहिरो हटाएर यातायात सुचारु भए पश्चात स्थानियले खुसी व्यक्त गरेका छन । स्थानिय द्धारा पहिरो हटाउन सक्रिय टोलीलाई फुलमाला पहिराएर स्वागत तथा धन्यबाद व्यक्त गरिएकोे स्थानिय गण्डकी थापा अधिकारीले बताईन ।
तटिय क्षेत्रको जोखिम कायमै
पहिरोले अवरुद्ध लोकमार्ग संचालन भए पनि बडिगाड खोला थुनिएर बनेको ताल अझै पनि उस्तै छ । तालका कारण डुबानमा परेको कुमाल बस्ती अझै पनि डुबेकै अवस्थामा छन । उनीहरु आफन्तको शरणमा छन् । नेपाली सेनाको अध्ययन टोलीले भरखर खुलाउन नसकिने बताएर गएको थियो । सेनाका अनुसार खोलाको पानीको सतह घटेपछि ताल फुटाउने बताईएको छ । दशै पश्चात यसको काम अगाडि बढने छ बागलुङ प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले भने, नेपाली सेनाले ताल फुताउनका लागी मद्धत गर्ने छ । अहिले खोलामा पानीको बहाब बढि भएका कारण केही घटेपछि ताल फुटाउने योजना रहेको छ । पानीको बहाव पहिरो गए भन्दा माथि तर्फ बढ्दै जाँदा ढोरपाटन नगरपालिका–२ सिमलचौरका देविराम कुमाल र कृष्णबहादुर कुमालको दुई तले घर गोठ, रामबहादुर कुमालको गोठ डुवानमा परेका थिए । ताल बनेपछि आसपासका भिङगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजार देखी रुद्रबेणी सम्मकाते तटीय भाग जोखिम कायमै रहेको छ । त्यस्तै गुल्मीका खण्डमा पनि खतरा हुन सक्ने बताईएको छ । बडिगाड खोला बुर्तिवाङदेखि गुल्मीको रुद्रवेणी सम्म पुगेर कालीगण्डकी नदीमा मिसिन्छ ।

प्रतिक्रिया जनाउनुहोस्