बागलुङ समाज स्पेनको अध्यक्षमा थापा

बागलुङ – बागलुङबाट विभिन्न उदेश्य सहित स्पेन पुगेका बागलुङवासीहरुले जिल्लाको सामाजिक कार्यमा संलग्न हुने उदेश्य सहित बागलुङ समाज स्पेन गठन गरेका छन । रोजगारी, अध्ययन र व्यवासयी गर्न स्पेन पुगेका बागलुङेहरुको हालै स्पेनमा समपन्न भेलाले बागलुङ समाज स्पेन तदर्थ समिति गठन गरेको हो । समाजको अध्यक्षमा राजु थापा गठन गरिएको समाजको उपाध्यक्षमा दिपक क्षेत्री र रामप्रसाद चालिसे, महासचिवमा नेत्रलाल न्यौपाने, सचिवमा सुदर्शन शर्मा र कोषाध्यक्षमा विकल प्रताप सिंह रहेका छन ।
समाजका सदस्यहरुमा तुलसी रिजाल, तोप वहादुर खत्री, सुन्दर विष्ट, दिपेन्द्र केसी, हिरालाल सापकोटा, केदार कँडेल, अनिल सापकोटा, राजेन्द्र कँडेल, लक्ष्मण प्रताप सिहं, दुर्गा खनाल, नारायण सुवेदी, दामोदर पौडेल, सिता भण्डारी, सुरेश थापा, राजु कँडेल, प्रेम क्षेत्री र फविश्वर गौतम रहेका छन ।
समाजको सल्लाहकारमा पुष्पराज भण्डारी, विदुर गौतम, दुर्गा शर्मा, सोमनाथ शर्मा, ईश्वर गौतम र एकराज गिरी रहेको महासचिव न्यौपानेले वताए । बागलुङेहरुको विचमा आपसी समन्वय गर्ने, आईपर्ने समस्याहरुको समाधानमा सहयोग गर्ने र जन्मभूमीको सामाजिक कार्यमा सहयोग पुराउने उदेश्यले बागलुङ समाज स्पेन गठन गरिएको अध्यक्ष राजु थापाले वताए ।

प्रतिक्रिया जनाउनुहोस्