५ किलो सुनसहित एक जना पक्राउ

काठमाडाैं– तारकेस्वर नगरपालिका २ तिनपिप्लेबाट प्रहरीले ५ किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरेकाे छ।

सुनसहित पक्राउ परेका व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको प्रहरी स्राेतले जनाएकाे छ।

उक्त व्यक्तिले सुनलाई शरीरमा लुकाएर ल्याएकाे अवस्थामा प्रहरीले चेकजाँच गर्दा सक्कली भेटिएकाे हाे।

चाडपर्व नजिकै अाउँदा सुन तस्करी बढ्ने गर्दछ। विगतमा पनि केरुङ नाकाबाट ठूलाे मात्रामा सुन तस्करी भएकाे थियाे।

प्रतिक्रिया जनाउनुहोस्