जनश्रमदानमा जुटदै जनप्रतिनिधी सँगै स्थानिय

बागलुङ – जिल्लाकाे काठेखाेला गाउँपालिका वार्ड नं १ का जनप्रतिनिधिहरू स्थानिय सँगै श्रमदानमा जुटेका छन । उनीहरू गाउँका बाटाहरू मर्मतमा जुटेका हुन ।   वडा समितिकाे पहलमा गाेरेटाे बाटाे मर्मत तथा निर्माण गरिएकाे छ । मंगलबार  मंगलबार खहरे हेल्थ पाेष्ट मनाङ सम्मकाे करिव ६ कि मि गाेरेटाे वाटाे मर्मत गरिएकाे छ ।

वार्ड समितिको प्रति महिना एक दिन श्रमदान गर्ने निर्णयअनुसार  उक्त काम सम्पन्न भएको हाे ।

वार्ड अध्यक्ष खड्क बहादुर थापाकाे नेतृत्वमा साविक पाला १र २का १५० बढी नागरिकहरूको सहभागिता रहेकाे थियोे । गाउँमा राज्यले गरेकाे लगानी सिमित भएकाे र नागरिकहरूको बिकास काे असिमित अाबश्यक्ता सम्वाेधन गर्न एवम् अाफ्नाे मेहनत परेकाे काममा नागरिकहरूको अपनत्व समेत महसुस हुने भएकाले यस्तो अभियान चालिएको वडा अध्यक्ष थापाले बताए  ।

वार्ड सदस्य रिता नेपाली , ने का वार्ड सचिव गणेश नेपाली , साविक वार्ड नं २ का पुर्व वार्ड अध्यक्ष जाेखिराम थापा , सुरेन्द्र हमाल, सामुदायिक मेलमिलाप कर्ता कुमारि थापा लगायतले समुहगत नेतृत्व गरेका थिए । साविक वार्ड नं १ का दुई र २ का २ समूह गरि ४ समुहमा गरिएको काममा उक्त काम भएकाे हाे । असाेज १९ गते सिलिखेत देखि चनाैटे पिपलडाडा सम्म र २० गते दाेविल्ला देखि छापा सम्म काम गर्ने याेजना रहेकाे वार्ड सदस्य रिता नेपाली ले बतार्इन । 

प्रतिक्रिया जनाउनुहोस्