अाफन्तकाे सहयाेगमा पाएकाे खुशी

बागलुङ-
जिल्लाको दक्षिण जैमिनी नगरपालिका–७ जैदिका बिजय राना पेशाले उनी पत्रकार हुन । बागलुङमा एक दशक देखी पत्रकारितामा सक्रिय राना नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष समेत रहेका छन । उनी विगत तिन महिना देखी ए–प्लाष्टिक एनिमिया (शरिरले रगत उत्पादन नगर्ने) रोगबाट पीडित रहेका छन । उनले पत्रकार महासंघले चलाएको आर्थिक सहयोग अभियानबाट आफुले पुर्नजन्म पाएको बताउँछन ।
काठमाडौंको शिविल सर्मिस अस्पतालमा उपचार गराएका राना केही निको भए पछि गृह जिल्ला बागलुङ फर्किएका छन । २९ बर्षिय राना मंगलबार पत्रकार महासंघको कार्यालयमा आए । हसिंलो अनुहार लिएर आएका राना केही बेर उपचारको क्रममा भएका अनुभवहरु अन्य पत्रकार साथीहरु समक्ष प्रस्तुत गरे । आफुलाई केही सहज भएको बताए । उनले सवैको सहयोगमा नयाँ जिवन पाएको भन्दै खुशी व्यक्त गरे ।
जिवनमा ठुलो आत्मविश्वास बढाएको छ
ए–प्लाष्टिक एनिमिया रोगको खराबी देखिएपछि मुत्युको नजिक पुगेको महशुस भईरहेको अवस्थामा नेपाल पत्रकार महासंघ बागलुङले चलाएको सहयोग अभियानका कारण आफुले नयाँ जिवन पाएको बताए । ‘मैले नयाँ जिवन पाएको छु पुर्नजन्म लिएर घर फर्कदैछु रानाले भने ।’ महासंघले चलाएको अभियानले मलाई जिवनमा ठुलो आत्मविश्वास बढाएको छ । एक सयमा एक दुईमा देखिने यो रोग उपचारका लागी मोटो रकम लाग्ने हुँदा उनि र उनको परिवारलाई ठुलो संकट परेको थियो ।
आर्थिक अवस्था कमजोर भएका रानाले व्यक्तिगत खर्चमा आफ्नो उपचार सम्भव नरहेको बताउँदै सबैको सहयोगकै कारण उपचार सम्भव भएको अनुभव सुनाए । म कयौ पटक रुदाँ रुदै हाँसेको छु त, हाँस्दा हास्दै रोएको छु रानाले भने महासंघको अभियानले मेरो जिन्दगीमा खुसीयाली छाएको छ । विदेशमा धेरै खर्च लाग्ने हुँदा आफ्नै देशमा उपचार हुन्छ भन्ने थाहा पाए पछि काठमाडौंमा नै उपचार गराएको उनले बताए ।
उनको उपचारको लागी पत्रकार महासंघ बागलुङले आर्थिक सहयोग संकलन अभियान नै संचालन गरेको थियो । विभिन्न सामाजिक संजाल मार्फत आर्थिक सहायताको लागी अनुरोध गरेको थियो । रानाले महासंघले संचालन गरेको अभियानका कारण आफु बाच्न सफल भएको भन्दै अभियान्ता सवैलाई धन्यबाद दिए । उनले आफुले पाएको नयाँ जिवन सामाजिक कार्य र पत्रकारीतामा नै खर्चिने भन्दै कुनै पनि व्यक्ति यस्ता रोगबाट पिडित हुन नपरोस भन्ने आफ्नो चाहना रहेको बताए ।
रानाको उपचारको लागी महासंघले चालेको अभियान मार्फत १० लाख १० हजार १ सय ११ रुपैया संकलन भएको थियो । त्यसै गरी अन्य विभिन्न संघ संस्थाले पनि रानाको उपचारका लागी सहयोग रकम संकलन गरेका थिए । महासंघ र विभिन्न संघ सस्थाबाट गरी उनको उपचारको लागी अहिले सम्म झण्डै २० लाख रुपैयाँ संकलन भएको जनाइएको छ । एक हप्तामा ८३ हजारको औषधी आवश्यक पर्छ रानाले भने अहिले सम्म ३० लाख रुपैयाँ खर्च भै सकेको छ , सवैको सहयोगले म नयाँ जिवन पाएको छु । पत्रकार महासंघले संकलन गरेको रकम दुई चरणमा गरी हस्तान्तरण गरेको छ ।
पहिलो चरणमा संकलन भएको ६ लाख ३६ हजार ५ सय रुपैयाँ काठमाण्डौमा गई हस्तान्तरण गरिएको थियो भने दोस्रो चरणमा संकलन गरेको ३ लाख ७३ हजार ६ सय ११ रुपैयाँ हस्तान्तरण बागलुङमा नै गरिएको हो । रानालाई दोस्रो चरणको रकम हस्तान्तरण गरेसँगै महासंघले जम्मा १० लाख १० हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको हो । आर्थिक अभावकै कारण पत्रकारले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले आफुहरुले अभियान सञ्चालन गरेको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले बताए । नेपाल पत्रकार महासंघ रहेको अपनत्व गराउन सफल भएको छ, शिरिषले भने, महासंघ रहेको अपनत्व हामी दिलाउँछौँ, समाजमा रहेका विकृति विसंगति विरुद्ध कलम चलाएर पत्रकार भएको अनुभुति तपाईहरुले दिलाउनुहोस । महासंघले हरेक पत्रकारको दुःख पिडामा साथ दिने समेत जानकारी गराए । उपचार पछि पिडित राना काममा फर्किएकोमा खुसी व्यक्त गरे । यो रोग लागेपछि ६० प्रतिशतलाई मात्र उपचार सफल हुने र ४० प्रतिशतको उपचारमा समस्या हुने चिकित्सकहरु बताउँछन । सिभिल अस्पतालका हेमाटोलोजिष्ट डा. विशेष पौडेल लगायतको टोलिले उनको उपचार गरेका थिए । उपचार पछि घर फर्किएका रानाको स्वास्थ्य अवस्था सुधार हुँदै गईरहेको छ ।

प्रतिक्रिया जनाउनुहोस्