चम्किने बाटोमा लम्किदै “क्रिकेट क्लब” ।

ब्राम्टन, १ अक्टोबर ।
क्रिकेट खेलको माध्यमबाट क्यानडामा चम्किने लक्षका साथ स्थापना भएको नेपालिज क्यानेडियन क्रिकेट क्लब अहिले सोहि बाटोमा लम्किरहेको छ ।
सकारात्मक सोच भएका उर्जावान क्रिकेटप्रेमी युवाहरुले २०१६ मा स्थापना गरेको क्रिकेट क्लब अहिले नेपाली समाजमा मात्र होइन क्यानेडियन खेलप्रेमि हरुका विच पनि आफ्नो परिचय स्थापित गरिरहेको छ ।
स्थापनाको छोटो समयमै क्यानेडियन क्रिकेट लिकमा सहभागी भई २ टिम माथी विजय हात पार्न क्लब सफल भयो । १४ टिम सहभागी खेलमा जिटिए लायन्स र राइजि स्टार माथीको विजयले क्लबलाई क्यानेडियन क्रिकेट समुदायमा समेत आप्mनो पहिचान स्थापित गर्न सहज भएको हो ।
त्यतिमात्र होइन पहिलो पटक क्यानडामा एनसीसीसी कप क्रिकेट प्रतियोगिताको आयोजना गरि नेपलिज क्यानेडियन क्रिकेट खेलाडीहरुलाई आफ्नो खेल प्रस्तुत गर्ने अवसर पनि प्रदान गरेको छ ।
क्रिकेट आफैमा महँगो खेल हो । क्यानेडियन लिगमा सहभागी हुनु नै हाम्रा लागी फलामको चिउरा थियो । तर समुदायको सहयोगले यसलाई सहज बनाइदियो शुरुवाती दिन सम्झँदै क्लवका कमाण्डर इमरान भन्छन् “दाजु र दिदीहरुको माया एवं सद्भाव नै हाम्रा लागी प्रेरणा एवं सफलताको श्रोत हो” ।


इमरान र उनको टिमले लिएको रणनिति र व्याबहारकै कारण हुन सक्छ नेपलिज क्यानेडियन क्रिकेट क्लबले अहिले समुदायको सद्भाव पाएको छ जुन क्लबको चम्किने बाटोका लागी महत्वपुर्ण उर्जा हो । यसलाई निरन्तर जोगाइराख्न क्लबले भबिष्यमा गर्ने कार्य एवं संस्था संचालनको प्रकृया, खेलमा गर्ने मिहिनेत र समाजमा गर्ने व्यबहारमा निर्भर रहनेछ ।
नेपलिज क्यानेडियन क्रिकेट क्लवले खेल मात्र होइन विभिन्न सामाजिक कार्यमा सरिक हुँदै आइरहेको छ । सोहि अन्तर्गत यहि आइतबार बारविक्यु कार्यक्रमको आयोजना गर्यो ।
बारविक्यु कार्यक्रमको अन्त्यमा बोल्ने बक्ताहरुले क्लब चम्किने बाटोमा लम्किरहेको संकेत गर्दै नेपाली समाजको विकास र एकतामा समेत भुमिका खेल्ने आशा व्यक्त गरे ।
कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष गोपि काफ्लेले नेपलिज क्यानेडियन क्रिकेट क्लवले छोटो समयमा गरेको प्रगतिको प्रसंसा गर्दै थप प्रगतिको कामना गरे । उनले एनआरएनको तर्फबाट सधै क्लवलाई सहयोग रहिरहने पनि बताए ।
माल्टन मिसिसागा क्षेत्रका सांसद दीपक आनन्दले नेपाली समुदायले निर्वाचनको शुरुवाती देखिनै साथ दिएको स्मरण गर्दै आफ्नो सहयोग र साथ सधैँ रहिरहने बताए ।
नेपाली जनसम्पर्क समिति क्यानडाका कार्यबाहक सभापति दिपक गौतमले क्रिकेट क्लबले छोटो समयमा खेल क्षेत्रमा मात्र नभएर नेपाली समाजमा समेत सकारात्मक उर्जा प्रदान गर्न सफल भएको उल्लेख गर्दैे नेपाली समुदायको विकास र एकतामा सकारात्मक भुमिका खेल्ने आशा व्यक्त गरे । उनले क्लबले गर्ने हरेका सकारात्मक कार्यमा नेपाली जनसम्पर्क समिति क्यानडाको सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा एनआरएन क्यानडाका उपाध्यक्ष राज महतले क्रिकेट क्लबलाई आफ्नो सधै साथ र सहयोग रहने छ भन्दै प्रगतिको कामना गरे ।
नेपलिज क्यानेडियन क्रिकेट क्लबका उपाध्यक्ष विपिन पराजुलीको संयोजकत्वमा सम्पन्न बारविक्यु कार्यक्रमको समापन गर्दै क्लवका अध्यक्ष इमरान खानले संस्थालाई सहयोग गर्ने सवै संस्था र व्याक्तिहरुलाई धन्यबाट दिदै निरन्तर सहयोगको अपेक्षा गरे ।


एनआरएन क्यानडाका युवा संयोजक क्रिजल केसिले संचालन गरेको कार्यक्रममा नेपाली जनसम्पर्क समितिका संस्थापक सभापति बुद्धी प्रकास ओली, कानुन व्याबसायी अतुल सुबेदी लगायत अतिथि तथा प्रमुख अतिथिले संस्थालाई सहयोग पुराउने विभिन्न महानुभाव एवं उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया जनाउनुहोस्