ब्लड डोनेसनः स्कारबोरोमा आज

टाेराेन्टाे, २९ सेप्टेम्वर
एनआरएनएको रक्तसंचार समिति र एन आर एन क्यानडाको संयुक्त रुपमा आयोगना गरेको दोस्रो चरणको व्लड डोनेसन आज दिउसो १२ बजेदेखि स्कारबोरामा हुँदैछ ।
91 Eastpark  BLVD, M1H 1C6 स्थित Cedarbrook Community Centre काे दाेस्राे तलामा व्लड डोनेसन गरिने छ ।
अहिलेसम्म नेपाली समुदायका २० भन्दा बढी स्वयंसेबीहरुले रक्तदानका लागी नाम दर्ता गराउनुभएको कार्यक्रमका संयोजक शुरेसराज गौतमले बताउनुभयो ।
आफुले दिएको रगतले कसैको जीबन बचाउन सहयोग पुग्ने भएका कारण रक्तदानमा सहभागी हुन एन आर एन क्यानडाका महासचिव चिरन घिमिरेले नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।
स्कारबोरोको रक्तसंकलन कार्यक्रम सम्मन्न गर्न याम खत्री, भवि न्यौपाने, अन्जनी भट्राई, लक्ष्मण पाण्डे, उज्वल थापा, गोविन्द सिंह राउत, मान पौडेल लगायतले सहयोग गर्नुभएको छ ।

पहिलाे चरणकाे रक्तदान कार्यक्रममा सहभागी हुँदै इश्वर राजन । तस्विर इश्वर राजनकाे फेसबुकबाट ।

रक्त संकलन एवं एनआरएनएको रक्तसंचार समितिले अघि सारेको टेन्ट र चेयर एवं बस किन्ने योजनालाई सहयोग गर्नुहुने अतुल सुबेदी, कानुन व्यावसायी, इश्वर चन्द राजन, रियल्टर, लक्ष्मण सुबेदी, रियल्टर, सुनन्द सुबेदी रियल्टर, हेम पाण्डे इन्सुरेन्स एडभाइजर, राजन खत्रि भिण्डालु रेष्टुरेन्ट,दधि अर्याल, इन्सुरेन्स एडभाइजर लाई आयोजकले धन्यबाद दिएको छ । रक्तसंचार समितिको योजना राम्रो लागेर आइसिसी सदस्य अभिमन्यु बस्नेतले १ सय क्यानेडियन डलर र प्रसिद्ध रक्तदाता अजुन मैनालीले एक सय अमेरीकी डलर सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया जनाउनुहोस्