सिन्धुलीगढी पुननिमार्माणका लागी क्यानडामा सहयाेग संकलन शुरू, ५ हजारकाे लक्ष १८ सय डलर संकलन

 

ब्राम्टन, २१ सेप्टेम्वर

गैरआवासिय नेपाली संघ र कमलामाई नगरपालिका, सिन्धुली बीच भएको सहमति पत्र अनुसार, गैरआवासिय नेपाली संघले “सिन्धुलीगढी जिर्णोद्वार एवं पुनर्निर्माण गुरु योजना” तैयार पारि पुनर्निर्माण योजना शुरु गरेको छ । गैरआवासिय नेपाली संघ अन्तरगत यस पुननिर्माण समितिको Task Force मा क्यानडाबाट प्रतिनिधित्व गर्नुहुने मान पौडेलको संयोजकत्वममा सहयोग संकलनकार्य शुरु गरिएको हाे । केहि समय अघि देखि शुरु गरिएको सहयोग संकलन अभियानमा हालसम्म १८ सय क्यानेडियन डलर संकलन भइसकेको छ । सिन्धुली जिल्लाको सिन्धुलीगढीमा रहेको करिब १ सय ५० रोपनी जग्गामा गैरआवासिय नेपाली संघले पुननिर्माण योजना शुरु गरेको हो ।

यस ऐतिहासिक महत्वको सिन्धुलिगढीलाई पुननिर्माण गरि सांस्कृतिक पर्यटनलाई बढावा दिन एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्न गैरआवासिय नेपाली संघले पुननिर्माणको जिम्मा लिएको समितिले बताएको छ । “नेपाल र अंग्रेजको युद्ध स्थल सिन्धुलिगढी सुन्दर मात्र नभएर नेपाली पुर्खाको बीरता कथा बोकेको ऐतिहासिक सम्पदा भएकाले नेपालीको गौरबगाथा बोक्ने यो सिन्धुलीगढी पुन निर्माणमा सहभागी बन्न क्यानडामा रहेका सवै नेपालीहरुलाई आग्रह गर्न चाहन्छु ” समितिका सदस्य मान पौडेलले भन्नुभयो ।

करिब ४ लाख रुपैयाँ सम्म सहयोग गर्ने लक्ष्यका साथ सहयोग संकलन शुरु गरिएको र यहि आउँदो अक्टोबर ८ तारिख अगावै संकलित रकम नेपाल पठाइ सक्नु पर्ने पनि उहाँले जानकारी दिनु भयो । सहयाेग गर्न चाहनुहुनेले समितिका सदस्य पाैडेलकाे इमेल em2man@gmail.com वा टेलिफाेन ६४७६३७२८५४ मा सम्पर्क गर्न वा सिधै नेपालमा पुननिर्माण समितिकाे तलकाे  खातामा  पठाउन अनुराेध गरिएकाे छ ।

Account Name: NRNA SINDHULIGADHI PROJECT
Bank Name : Sanima Bank
Address 12-SHAHID SHUKRA MARG
Account Number: 0240000049101
SWIFT CODE :SNMANPKA

प्रतिक्रिया जनाउनुहोस्