ढुंगा लागेर बागलुङमा एक महिलाको मृत्यु

बागलुङ— माथिबाट खसेको ढुंगा लागेर बागलुङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बुर्तिवाङमा व्यवसाय गर्दै आएकी ३५ बर्षीय बिबिरन खातुन रहेकी छिन् । खातुनको ढुंगाले च्यापेर मृत्यु भएको प्रहरीले बतायो । पहिरो खसिरहेकै स्थानबाट बाटो काट्न खोज्दा उनको मृत्यु भएको हो ।
बुर्तिवाङ नजिककै तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर ठूलो ताल बनेको छ । पहिरोले मध्य पहाडी लोकमार्गको खण्ड अवबरु छ । यो सडक रोकिंदा यात्रीले २ घण्टा घुमाउरो बाटो हिड्न बाध्य छन् । मालारानी भन्ने स्थानको बाटो घुम्दा यात्रीले झण्डै २ घण्टा पैदल यात्रा गरेपछि मात्र मध्य पहाडी लोकमार्ग भेटाउन सक्छन् ।

प्रतिक्रिया जनाउनुहोस्