पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं -नेपाल आयल निगम लिमिटेडल पेट्रोलियम पदार्थको भाउ बढाएको छ । असोज १ को राती १२ बजेदेखी लागू हुने गरि निगमले पेट्रोल र डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा मूल्य थप गरी समायोजन गरेको छ।

मूल्य बढाए पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२¸ डिजेलमा२ रुपैयाँ ७२ र एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा हुने उनले बताए । समग्रमामूल्य बढेपनि निगमलाई १५ दिनमा करीब ३१ करोड ६७ लाख रुपैयाँ घाटा हुने गोइतको भनाई छ।हवाई ईन्धन र एलपि ग्याँसको मूल्य यथावत राखिएको निगमका प्रवत्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल ३ रुपैयाँ बढेको छ । पेट्रोल प्रतिलिटर ११४, डिजेल र मट्टितेल १०१ रुपैयाँ पुगेको गोइतले जानकारी दिए ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतको भनाई छ ।

मूल्य समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सीमामा पेट्रोलमा प्रतिलिटर २९ रुपैयाँ ४४ र डिजेल २८ रुपैयाँ ४४ पैसाले नेपाल तर्फ नै सस्तो कायम हुन पुगेको छ । यसले गर्दा खुला सीमाका कारण नेपालबाट भारतमा चोरी पैठारी हुने संभावना बढेको छ ।

प्रतिक्रिया जनाउनुहोस्