क्यानडामा बिपि जयन्ती मनाइयो, नेपाली साहित्यकै उत्कृष्ठ व्यक्तीत्व बक्ताहरु

सेप्टेम्वर १७, ब्राम्टन
विपिको साहित्वीक एवं राजनैतिक योगदानको चर्चा गर्दै क्यनडामा १ सय ५ औ विपि जयन्ती मनाइएको छ ।


यहि आइतबार ब्रम्टनमा आयोजित कार्यक्रममा बक्ताहरुले विपिको साहित्विक एवं राजनैतिक योगदानको चर्चा गर्दै राजनितिमा मात्र नभएर साहित्वीक क्षेत्रमा पनि विपि उत्तिकै अव्बल रहेको बताएका हुन् ।
नेपाली जनसम्पर्क समिति क्यानडाले आयोजना गरेको कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष एवं साहित्वकार गोपिकृष्ण काफ्लेले नेपाली साहित्यमा फ्रायडाबाद भित्राउने पहिलो साहित्वकारका रुपमा विपिले मानवभित्रका दमित भावनाको शुक्ष्म विश्लेषणबाट नेपाली समाज रुपान्तरणमा योगदान गरेको उल्लेख गर्नुभयो ।


विपिको साहित्वले नेपाली समाजमा पारेको प्रभावका बिषयमा बोल्दै साहित्वकार काफ्लेले राजनितिमा मात्र नभइ नेपाली साहित्वमा पनि विपि उत्तिकै अव्वल रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्वकार डा गोविन्दसिह राउतले विपिको बारेमा बोल्न पाउनु आफ्ना लागी अहोभाग्य हो भन्दै विपिको साहित्वीक योगदान बारे चर्चा गर्नुभयो । नेपाली साहित्वमा अवचेतन भावको विश्लेषण गरि सामाजिक कुरिति विरुद्ध चेतना भर्न विपिको साहित्व सफल रहेको प्रष्ट पार्नुभयो ।


त्यस्तै विपिको राजनैतिक योगदानको बारेमा दधि अर्यालले प्रस्तुति गर्नुभएको थियो । विपिले संयुक्त राष्ट्रसंघमा दिएको बक्तव्य, राष्ट्रिय मेलमिलापको निती, छोटो प्रधानमन्त्रित्वकालमा गरेका प्रभावकारी निर्णय, राणा शासनको अन्त्यकालागी गरेको नेतृत्व र प्रजातान्त्रीक समाजबादको प्रतिपादनका कारण विपि एक राजनैतिक धरोहरको रुपमा स्थापित भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली जनसम्पर्क समिति क्यानडाका संस्थापक सभापति बुद्धी प्रकास ओलीले विपिकै प्रधानमन्त्रित्वकालमा क्यानडासंग दौत्य सम्वन्ध स्थापना भएको चर्चा गर्दै उहाँका कृतिहरु सवैले पढ्नुपर्ने बताउनुभयो । दोस्रो अधिबेशनबाट आफु सभापतिमा निर्वाचित भएपनि कार्यव्यस्तताको कारणले आफ्नो कार्यकारी जिम्मेवारी बरिष्ठ उपाध्यक्षलाई सुम्ेपको चर्चा गर्दै नयाँ नेतृत्वसंग छलफल गरि क्यानडामा प्रजातान्त्रिक शक्तिहरुबिच एकता कायम गर्न सवैलाई सुझाव दिनुभयो ।


नेपाली जनसम्पर्क समिति क्यनडाका कार्यबाहक सभापति दिपक गौतमको सभापतित्व, महामन्त्रि बसन्त कार्कीको संचालन र कार्यसमितिका सदस्य सुरेश रजौरेको स्वागतमा सम्पन्न कार्यक्रममा आदिबासी जनजाति संघका अध्यक्ष गिरी बुढाथोकिले विपिको समाजबाद उत्कृष्ठ रहेपनि त्यसको प्रयोग हुन नसकेका कारण नेपालको प्रगति हुन नसकेको बताउनुभयो ।


एनआरएनए सिन्धुलिगढी पुननिर्माण समितिमा क्यानडाबाट प्रतिनिधित्व गर्नुहुने मान पौडेलले सिन्धुलिगढी पुननिर्माणमा सहयोग गर्न सवैलाई आग्रह गर्दै विपिको साहित्व एकपटक फेरी अध्ययन गर्ने बताउनुभयो ।
स्याङजाबाट नेपाली कांग्रेसको महाधिबेसनमा प्रतिनिधित्व गर्नुहुने युवा नेतृ चन्दा अधिकारीले कोइराला परिवारसंगको सामिप्यताले आफुलाइ राजनितिमा थप उर्जा मिलेको बताउँदै मिठो कविता बाचन गनुभयो ।

त्यस्तै नेपाली कांग्रेसको राजनितिमा लामो समय योगदान गर्नुभएका लेखनाथ तिमिल्सेनाले मार्मिक कविता बाचन गर्नुभएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्