क्यानडामा बिपि जयन्ती मनाइँदै ।

सेप्टेम्वर १६, ब्राम्टन
नेपाली राजनितिका धरोहर एवं प्रजातान्त्रिक समाजबादका प्रवर्तक जननायक बिपि कोइरालाको १ सय ५ औ जन्मजयन्ती क्यानडामा आज मनाइदै छ ।
विपि कोइरालाको प्रजातान्त्रिक समाजबाद, उहाँले नेपाली राजनितिमा दिएको योगदान र उहाँको साहित्वीक व्यातित्वबारे बिबेचना गरि जन्म जयन्ती मनाउन लागिएको हो ।
नेपाली जनसम्पर्क समिति क्यानडाको आयोजनामा आज साँझ ५ बजेदेखि १५८ केनेडी रोडा साउथस्थित एभरेष्ट टेकवान्डोको हलमा हुन गइरहेको कार्यक्रममा विभिन्न व्याक्तीत्वहरुले विपिका विभिन्न आयामहरुबारे बिबेचनात्मक प्रस्तुति गर्नुहुनेछ ।
विपिको प्रजातान्त्रिक समाजबादबारे अन्जनी भट्राई, विपिको राजनैतिक योगदान बारे रामचन्द्र नैनावस्ती, विपिको साहित्विक योगदान बारे गोविन्दसिंह राउत र विपिको साहित्यले नेपाली समाजमा पुर्याएको योगदानबारे गोपिकृष्ण काफ्लेले १५।१५ मिनेटको प्रस्तुति गर्नुहुने कार्यक्रम रहेको नेपाली जनसम्पर्क समिति क्यानडाले जनाएको छ ।


कार्यक्रममा कविताबाचन समेत गरिने छ । ५ भन्दा बढी कविता सहभागी भएमा उत्कृष्ट कवितालाइ ५० क्यानेडियन डलर प्रदान गरिनेछ । उत्कृष्ट कविताको मुल्याँकन साहित्वकार डा गोविन्दसिंह राउतको संयोजकत्वको टिमले गर्ने छ ।
विपिको जन्मजयन्ती मनाइसकेपछि नेपाली जनसम्पर्क समितिले बिधान संसोधनका लागी रायसुझाव संकलन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहोस्