बागलुङमा बडिगाढ खोला थुनिएको पानीले थुनिएपछि ठूलोताल

प्रकाश बराल

बागलुङ — बडिगाढ गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरै डाँडा खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । साथै पहिरोले बडिगाढ खोला थुनिएको छ । पानी थुनिएपछि ठूलोताल बनेको स्थानीयले बताए । उक्त डाँडामा बिहिबारदेखिनै ठूला खाडलहरु देखिएकोले पहिरो खस्न सक्ने भन्दै स्थानीयले सतर्क रहन राजमार्गमा सूचना जारी गरेका थिए

शुक्रबार राति १२ देखि १ बजे सम्म खसेको पहिरोले राजमार्ग सहित खोला थुनेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए।

उक्त घटनापछि प्रशासनले भीमगिठे, ग्वालीचौर, खरवाङ लगायतका खोलाछेउका बस्तीमा सतर्क रहन आग्रह गरेको छ। त्यस्तै गुल्मीका खण्डमा पनि खतरा हुन सक्ने भन्दै सूचना पठाइएको खरेलले बताए। बडिगाढ खोला बुर्तिवाङदेखि गुल्मीको रुद्रवेणी सम्म पुगेर कालीगण्डकी नदीमा मिसिन्छ।

राजमार्ग अबरुद्ध भएपछि राजधानी र अन्य शहरबाट बुर्तिवाङका लागि चल्ने दिवा तथा रात्री सवारीसाधन अलपत्र परेका छन्। पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका तर्फ जाने मुख्य सडक समेत बन्द भएको छ।

घटनाको जानकारी भएपछि प्रजिअ खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मी, सेनाको अर्जुनबाँण गणका प्रमुख सेनानी भुवन देवकोटा लगायतको टोली त्यसतर्फ गएको छ। प्रहरी र सेना समेत खटाएर उद्दार तथा सुरक्षित बसाईका लागि सहयोग गर्ने खरेलले जानकारी दिएका छन्। रातको समयमा भएकोले क्षतिको विवरण भने पुरै नआएको रेग्मीले जानकारी दिए। घटनामा मानवीय क्षति भने भएको छैन।

शुक्रबार दिउँसो घटनास्थलमा देखिएका भ्वाङ। यस्तो खतराको संकेत देखिएपछि स्थानीयले सतर्क रहन सबैलाई आग्रह गरेका थिए।शुक्रबार राति १२ देखि १ बजे सम्म खसेको पहिरोले राजमार्ग सहित खोला थुनेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए।

उक्त घटनापछि प्रशासनले भीमगिठे, ग्वालीचौर, खरवाङ लगायतका खोलाछेउका बस्तीमा सतर्क रहन आग्रह गरेको छ। त्यस्तै गुल्मीका खण्डमा पनि खतरा हुन सक्ने भन्दै सूचना पठाइएको खरेलले बताए। बडिगाढ खोला बुर्तिवाङदेखि गुल्मीको रुद्रवेणी सम्म पुगेर कालीगण्डकी नदीमा मिसिन्छ।

राजमार्ग अबरुद्ध भएपछि राजधानी र अन्य शहरबाट बुर्तिवाङका लागि चल्ने दिवा तथा रात्री सवारीसाधन अलपत्र परेका छन्। पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका तर्फ जाने मुख्य सडक समेत बन्द भएको छ।

घटनाको जानकारी भएपछि प्रजिअ खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मी, सेनाको अर्जुनबाँण गणका प्रमुख सेनानी भुवन देवकोटा लगायतको टोली त्यसतर्फ गएको छ। प्रहरी र सेना समेत खटाएर उद्दार तथा सुरक्षित बसाईका लागि सहयोग गर्ने खरेलले जानकारी दिएका छन्। रातको समयमा भएकोले क्षतिको विवरण भने पुरै नआएको रेग्मीले जानकारी दिए। घटनामा मानवीय क्षति भने भएको छैन।

शुक्रबार दिउँसो घटनास्थलमा देखिएका भ्वाङ। यस्तो खतराको संकेत देखिएपछि स्थानीयले सतर्क रहन सबैलाई आग्रह गरेका थिए। ekantipur.com
प्रतिक्रिया जनाउनुहोस्