ब्लड डोनेसन सम्पन्न, ५२ को चाहना, २४ को पुरा ।

सेप्टम्वर १०, ब्राम्टन


एनआरएनएको रक्तसंचार समिति र एन आर एन क्यानडाको संयुक्त रुपमा आयोगना गरेको व्लड डोनेसन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेप्टेम्बर ८ गते शनिबार ब्राम्टनको सपोर्ट्स वल्डमा गरको रक्तदान कार्यक्रमको २४ जना नेपालीले रक्दान गरेका छन् । रक्तदानका लागी ५२ जना नाम दर्ता गराएपनि कार्यव्यस्तताको कारणले क्यानेडियन व्लड सर्भिसेजले २४ जनाको मात्र ब्लड लिएको हो । बाँकि डोनरहरुका लागी अर्को पटक स्थान बुक गरेर ब्लड डोनेसन गराइने एनआरएनको रक्तसंचार समितिले जनाएको छ । स्मरण रहोस आउँदो सेप्टेम्वर २९ मा स्कारबोरोमा ब्लड डोनेसन हुँने र कतिपयले स्कारबोरोमा डोनेसन गर्ने समेत जानकारी दिएका छन् ।
कार्यक्रममा २२ जना पुरुष र २ जना महिला डोनरहरुले डोनेसन गरेका थिए । महिला डोनर एनआरएन आइसिसी सदस्य प्रमिला बस्नेत र महिला चौतारीकी अध्यक्ष गिता दवाडीलाई एनआरएनए रक्तसंचार समिति र एनआरएन क्यानडाले विशेष धन्यबाद दिएको छ । चौतारीका अध्यक्ष दवाडीले पहिलो पटक रक्तदान गर्नुभएको हो ।


प्रसिद्ध रक्तदाता अर्जुन मैनालीले १ सय ६४ औ पटक रक्तदान गर्ने योजना भएपनि उहाँले एकबर्षभित्र युगाण्डको भ्रमण गरेका कारण क्यानेडियन व्लड सर्भिसेजको गाइडलाइन अनुसार उहाँले रक्तदान गर्ने योजना अन्तिम समयमा रद्ध गरिएको थियो । मैनाली यहाँको एक संस्थाले प्रदान गर्ने भिगोर अवार्ड थाप्न र ब्लड डोनसन कार्यक्रममा सहभागी हुन क्यानडा आउनुभएको थियो ।
१६३ औ पटक रक्तदान गरि मानव जिवनरक्षामा महत्वपुर्ण योगदान गर्नुभएका मैनालीको सम्मानमा सोहि दिन विहान एभरेष्ट तेकवान्दोमा रक्तसंचार सम्वन्धी चेतनामुलक कार्यक्रम आयोजना गरियो । विहान १० बजेदेखि शुरु भएको कार्यक्रममा क्यानेडियन व्लड सर्भिसेजकि टेरिटोरी म्यानेजर लिलित राफिनानबाट रक्तदान गर्दा हुने फाइदा, बेफाइदा र क्यानेडियन प्रस्पेक्टीभबारे १५ मिनेटको पावरप्वाइन्ट प्रेजेन्टेसन गरेकि थिइन । रक्तदान र जनस्वास्थ्य सम्वन्धी पव्लीक हेल्थ क्यानडामा कार्यरत स्वास्थ्यकर्मी लिला पाण्डेले उपयोगी सुचना प्रदान गर्नुभएको थियो । उहाँले सहभागीले सोधेका विभिन्न जिज्ञासाको उत्तर दिनुभएको थियो । एनआरएनको रक्तसंचारसमितिले गरेका काम र भावि योजनाबारे रक्तसंचार समितिका सदस्य एवं श्रोत व्याक्ती शुरेसराज गौतमबाट छोटो प्रस्तुति गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी अर्जुन मैलालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा अतिथीहरुलाई एनआरएन आइसिसी सदस्य प्रमिला बस्नेतले स्वागत गर्नुभयो भने अर्का आइसिसी सदस्य अभिमन्यु बस्नेतले धन्वयबाद ज्ञापन गर्नुभयो ।


कार्यक्रममा एनआरएनएको रक्तसंचार समितिले अघि सारेको टेन्ट र चेयर एवं बस किन्ने योजनालाई सहयोग गर्नुहुने अतुल सुबेदी, कानुन व्यावसायी, इश्वर चन्द राजन, रियल्टर, लक्ष्मण सुबेदी, रियल्टर, सुनन्द सुबेदी रियल्टर, हेम पाण्डे इन्सुरेन्स एडभाइजर, राजन खत्रि भिण्डालु रेष्टुरेन्ट,दधि अर्याल, इन्सुरेन्स एडभाइजर लाई आयोजकले धन्यबाद दिएको छ । त्यस्तै सोहि कार्यक्रममा रक्तसंचार समितिको योजना राम्रो लागेर आइसिसी सदस्य अभिमन्यु बस्नेतले १ सय क्यानेडियन डलर र प्रमुख अतिथि अजुन मैनालीले एक सय अमेरीकी डलर सहयोग गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा ब्लड डाेनार्स माेटिभेसनमा सक्रिय भुमिका खेल्ने  दिनेश खतिवडा, अासिर्बाद सुबेदी, प्रदिप मरहठ्ठा लगायतलाइ धन्यबाद  दिइएकाे  थियाे ।
एनआरएन क्यानडाका सभापति गोपि काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा एनआरएन क्यानडाकि महिला संयोजक विमला सापकोटाले संचालन गनुभएको थियो । त्यस्तै इन्फरमेसन सेसनमा रक्तसंचार समितिका सदस्य दिपक गौतमले कार्यक्रमको समन्वय गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएन क्यानडाका उपाध्यक्ष राज महत, एनआरएन क्यानडाका पुर्व अध्यक्ष अनिल थापा, बाग्लुड समाजका अध्यक्ष भवि न्यौपाने, महासचिव लक्ष्मण पाण्डे, अादिबासी जनजाती संघका महासचिव रमेश राना, पत्रकार राजु थापा लगायतको उपस्थिति रहेको थियो । एनआरएन क्यानडाका युवा संयोजक क्रिजल केसी, एनआरएनए पर्यटन समितिका सदस्य आसिर्वाद सुबेदी, नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री बसन्त कार्की लगायतको उपस्थित रहेको कार्यक्रममा लाइबे्ररी इन अ विक का सुल्तानले नेपालमा आफुले निर्माण गरेका लाईब्रेरीको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया जनाउनुहोस्