ब्लड डोनेसनः क्यानेडियन मिडियाबाट कभरेज, राफिनानको प्रिजेन्टेसन उपलव्धीमुलक हुन सक्ने ।

सेप्टेम्वर ६, ब्राम्टन
एनआरएनएको रक्तसंचार समिति र एन आर एन क्यानडाको संयुक्त आयोजनामा व्लड डोनेसन एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । यहि सेप्टेम्बर ८ गते शनिबार ब्राम्टनको सपर्स वल्र्डमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । त्यस्तै टोरोण्टोको स्कारबोरोमा सेप्टेम्वर २९ मा रक्तदान गरिने भएको छ ।
प्रसिद्ध रक्तदाता अर्जुन मैनालीले यहि अगष्ट ८ गते शनिवार दिउसो साढे २ बजे सपोर्स वल्र्ड ब्राम्टनस्थित व्लड डोनर क्लिनिकमा १ सय ६४ औं पटक रक्तदान गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले रक्तदान गर्दा क्यानेडियन मिडिया समेत सहभागी हुने क्यानेडियन ब्लड सर्भिसले जनाएको छ ।
१६३ औ पटक रक्तदान गरि मानव जिवनरक्षामा महत्वपुर्ण योगदान गर्नुभएका मैनालीको सम्मानमा सोहि दिन विहान १० बजे देखि १२ बजे सम्म १५८ केनेडि रोडस्थित एभरेष्ट तेकवान्दोमा रक्तसंचार सम्वन्धी चेतनामुलक कार्यक्रम गरिने छ । विहान १० बजेदेखि एनआरएन क्यानडाका अध्यक्ष गोपी काफ्लेको सभापतित्वमा शुरु हुने कार्यक्रममा क्यानेडियन व्लड सर्भिसेजकि टेरिटोरी म्यानेजर लिलित राफिनानबाट रक्तदान गर्दा हुने फाइदा, बेफाइदा र क्यानेडियन प्रस्पेक्टीभबारे १५ मिनेटको पावरप्वाइन्ट प्रेजेन्टेसन हुनेछ ।
रक्तदान र जनस्वास्थ्य सम्वन्धी पव्लीक हेल्थ क्यानडामा कार्यरत स्वास्थ्यकर्मी लिला पाण्डेले १० मिनेटको प्रस्तुति गर्नुहुनेछ ।
एनआरएनको रक्तसंचारसमितिले गरेका काम र भावि योजनाबारे रक्तसंचार समितिका सदस्य एवं श्रोत व्यक्ती शुरेसराज गौतमबाट १० मिनेटको पावरप्वाइन्ट प्रिजेन्टेसन हुनेछ । कार्यक्रमको अन्त्यमा मैनालीलाई सम्मान गरिने छ । सम्मान एवं जनचेतनामुलक कार्यक्रमपछि १ बजे बाट ३ बजे सम्म सपर्स वल्र्ड ब्राम्टनको व्लड डोनर्स क्लिनिकमा रक्तदान कार्यक्रम हुनेछ ।


यसअघि तय गरिएको हटल्याण्ड सेन्टरका १० कोटालाई एनआरएनए व्लड ट्रान्सफ्युजन समितिको अनुरोधमा सपर्स वल्र्डमा सारिएको छ । सपोर्स वल्र्ड ब्राम्टनमा ३५ जनाका लागी स्थान सुरक्षित गरिएको छ भने सेप्टेम्वर २९ गते स्काबोरोमा १५ जनाका लागी स्थान सुरक्षित गरिएको छ ।
हालसम्म ब्लड डोनेसनका लागी ४० जनाले नाम दर्ता गराइसक्नुभएको छ । क्यानेडियन व्लड सर्भिसेजको मापदण्ड अनुरुप सवै जना इलिजेवल नहुनसक्ने सम्भावना रहने भएका कारण थप २० रक्तदान गर्ने स्वयंसेवी आवस्यक रहेको एनआरएनए रक्तसंचार समितिका सदस्य दिपक गौतमले बताउनुभयो ।

स्मरण रहाेस अर्जुन मैनाली एनअारएनए रक्तसंचार समितिका सदस्य समेत हुनुहुन्छ ।

नेपालमा रक्तसंकलन कार्यलाई व्यवस्थितगर्न एनआरएनको रक्तसंचार समितिले टेन्ट चेयर किन्ने योजना बनाएको थियो त्यसलाई क्यानडाबाट सहयोग गर्ने प्रतिबद्धता अनुरुप ८ सय क्यानेडियन डलर यसअघिनै रक्तसंचार समितिको सानिमा बैक स्थित खातामा पढाइएको छ ।


त्यस्तै रक्तसंचार समितिले अर्को चरणमा रक्तसंकलनका लागी सुविधासम्पन्न मोवाइल बस किन्ने योजना बनाएको छ । क्यानडामा हुने कार्यक्रम र मोवाइल बस किन्ने योजनालाई सहयोग गर्न क्यानडामा रहेको विभिन्न पेशा व्यावसायीहरुले बचनबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको रक्तसंचार सेवाको गुणस्तर बृद्धी गरि मानव जिवनरक्षामा सहयोग पुर्याउने एनआरएनए रक्तसंचार समितिको अभियानमा सहभागी बन्ने सहयोगी हातहरुलाई एनआरएनए रक्तसंचार समिति र एनआरएन क्यानडाले संयुक्त रुपमा धन्यबाद ज्ञापन गरेको छ । यो अभियानमा सहयोग गर्न बचनवद्धता व्यक्त गर्ने दाताहरु निम्न अनुसार हुनुहुन्छ ।
अतुल सुबेदी कानुनव्यावसायी, सुनन्द सुबेदी रियल्टर,लक्ष्मण सुबेदी रियल्टर, इश्वर राजन रियल्टर,
हेम पाण्डे इन्सुरेन्स एडभाइजर,राजन खत्रि भिण्डालु रेष्टुरेन्ट, दधि अर्याल इन्सुरेन्स एडभाइजर ।

ब्लड डोनेसन र आर्थिक सहयोगका लागी निम्न व्याक्तहरुसंग सम्पर्क गर्न एनअारएनए रक्तसंचार समिति र एनअारएन क्यानडाले अनुराेध गरेकाे छ  ।

  1. Gopikrishna Kaphle                 647-878-4674
  2. Dipak Gautam                         705-336-8348
  3. Suresh Gautam                       705-336-8820
  4. Dinesh Khatiwada                   647-703-8452
  5. Dr Govinda Singh Rawat        416-671-3747
  6. Pashupati Pokhrel                   647-405-6626
  7. Surya Sapkota                         647-205-7515
  8. Hem Pandey                            647-338-7776
  9. Asirbad Subedi                         647-867-7973
  10. Sharad  Paudel                         647-705-7914
  11. Sunanda Subedi                     416 -829 -7787
  12. Basanta Karki                          647-572-5740
  13. Nirajan Thapa                         438-928-7043
  14. Krijal KC                                  647-962-5901
  15. Raj Mahat                              647-640-9124
  16. Anil Thapa                             647-338-7776

 

To donate for Scarborough location please contact

 

1) Yam Kc                                                 416-880-4214

2) Bhabi Neupane                                  647-909-8350

3 ) Laxman Pandey                                 647-870-4025

4) Ujjwal Thapa                                       647-298-6210

5) Anjani Bhattarai                                  647-702-7009

6) Man paudel                                          647-637-2854

प्रतिक्रिया जनाउनुहोस्