मैत्रीपुर्ण फुटबल प्रतियाेगितामा जनप्रतिनिधिलाई कर्मचारीको नौ गोल

बागलुङ-
बिहिबार बागलुङको बांगेचौर खेल मैदान निकै रोमाञ्चक बनेको थियो । निजामति सेवा दिवसको अवसर कर्मचारी र स्थानिय तहका जनप्रतिनिधि बिचको मैत्रिपुर्ण फुटबल प्रतियोगिता चलिरहेको थियो । फुटबल खेल्न बागलुङ जिल्ला समन्वय समितिका उपसंयोजक बागलुङ नगरपालिकाका मेयर र प्रमुख जिल्ला अधिकारी पनि पुगेका थिए । कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले गरेका थिए भने जनप्रतिनिधिको नेतृत्व उपसंयोजक विष्णु भुषालले गरेका थिए । ९० मिनेटको खेल निकै रोमाञ्चक बन्यो ।
निकै घम्साघम्सीपूर्ण खेलमा कर्मचारीहरुले जनप्रतिनिधिलार्ई ९—५ गोलले स्तब्ध पा¥यो । कर्मचारीलाई जिताउनका लागी खेलको ७ औ मिनेटमा दिपक बहादुर थापाले गोलको शुरुवाती गरेका थिए थापाले खेलको अन्तिम सम्म ३ गोल हानेर ह्याट्रिक गरे । त्यस्तै जनप्रनिधिको तर्फ बाट बानपा २ का सुर्य लामिछानेले पेनाल्टीमा १ गोल हानेर खाता खोलेका थिए ।
पहिलो हाफ ५—१ गोलमा टुंगिएको खेलमा दोस्रो हाफ सुरु भएपछि प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले खेलको ७० औं मिनेटमा १ गोल हानेका थिए ।
खेलको बाँकी समयमा दुवै पक्षमा केही राम्रा प्रयासहरु गोलमा परिणत गर्न असफल भएपछि खेल ९—५ अन्तरले कर्मचारीको पोल्टामा पुग्यो । जनप्रतिनिधि र कर्मचारी बिच सुमधुर सम्बन्ध राख्नका लागी मैत्रीपुर्ण फुटबलको आयोजना गरिएको आधिकारीक टे«ड युनियनका अध्यक्ष तेज प्रसाद निउरेले बताए । समृद्धि र सुसासन जनमुखी प्रसासन भन्ने मुख्य नाराका सहित यस वर्ष निजामति दिवस मनाउन लागिएको छ ।

प्रतिक्रिया जनाउनुहोस्