तीन देशका प्रधानमन्त्री आज काठमाडौं आए

काठमाडौं – बिम्स्टेक सम्मेलनमा सहभागी हुन आज तीन देशका प्रधानमन्त्री काठमाडौं आएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेका छन् । उनीहरुलाई त्रिभूवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

मोदी प्रधानमन्त्री भएपछि चौथोपटक नेपाल आएका हुन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान काठमाडौं आइपुगेका हुन् । भारतीय वायुसेवाको विशेष विमानमार्फत उनी काठमाडौं आइपुगेका हुन् । उनी आउनुभन्दा १५ मिनेट अगाडिबाट सबै उडान तथा अवतरण बन्द गरिएको थियो ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना पनि  काठमाडौं आइपुगेकी छन् । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा पनि  आइपुगेका छन् । आज र भोलि दुईदिनसम्म चल्ने बिम्स्टेककको अहिले दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

प्रतिक्रिया जनाउनुहोस्