रोपाई जात्रा संरक्षणमा बागलुङका नेवार समुदाय

बागलुङ-

“असारे मासको दबदबे हिलो, छुनलाई घिन लायो
पातली नानिलाई फरिया किन्दा छ बीस रिन लायो ।”
यो गितमा गाउँदै बागलुङ सदरमुकाममा रोपाँई जात्रा मनाउन बाउसे तथा खेतालाहरू जम्मा भएका थिए । भदरौ जात्रा अन्र्तगतको रोपाई नाँच पनि बागलुङका नेवार समुदायमा नाच्ने गर्दछन । बागलुङ बजारमा हरेक दिन फरक फरक शैलिका नाचहरु निकाल्ने गरिन्छ । पुरुषहरु महिलाको भेषमा खेताली बनेर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गरेका थिए । दशकौं पुरानो इतिहास बोकेको रोपाँई जात्रा बागलुङमा हरेक गाईजात्रा सप्ताहको अवसरमा यहाँका नेवार समुदायले निकाल्ने गर्दछन । रोपाईं जात्रा धानको रोपाँइ सकेपछि मनाउने विगत देखिकै चलन हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । जात्रामा रोपाईंमा धान रोपेझैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् ।
रोपाईं जात्रामा सहभागि कलाकारहरूले समूहगत रूपमा विभिन्न भावभंगीमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । खेतमा धान रोपेको खुशीयालीमा रमाईलो गर्दै यो जात्रा मनाउने चलन रहेको छ । नेवार युवाहरुको संस्था नेवा ल्याम पुच, शाक्य कल्याण समाज र नेपाल भाषा मंका खलको संयुक्त आयोजना तथा व्यवस्थापनमा जात्रा प्रदर्शन गरिएको हो । जति बेला मनोरञ्जनका साधन थिएनन् बजारमा मेलाको रुपमा यस नाँचलाई लिईन्थ्यो । पहिले गाउँमा खेती पाती सकेर बजार झेरेर भदौरे जात्रा हेरेर आफ्नो खर्च बोकेर गाउँलेहरु फर्कने चलन थियो । भदौरे नाच यहाँको नेवार समुदायले मौलिक संस्कृतिको रुपमा लिएको छ ।
प्रत्येक वर्ष भदौ महिनामा निकालिने रोपाँई जात्रा यो झरीका विच बागलुङ सदरमुकाममा निकालिएको थियो । असारे रोपाईंको झल्को दिने गरी सडकमा धान रोपेर रोपाईं जात्रा मनाइएको हो । जात्राका विभिन्न भेषभूषामा सजिएका खेताला खेतालीको रुपमा धान रोपेको दृश्य देखाईएको थियो । बूढापाकाहरु कोही मुखियाको रुपमा त कोही बाउसेको रुपमा देखिरहेका थिए । जात्रामा नाच्ने र गाउनेले लगाउने पोशाक, हाउभाउ व्यंग्यात्मक देखिन्थे । जात्रा हेर्नका लागी मानिसहरुको भिड देखिन्थ्यो सुनसान बनेको सदरमुकाममा जात्राले चहलपहल बढाएको थियो । भदरौ जात्रा अन्र्तगत रोपाँई नाचले जिल्लामा आफ्नै संस्कृति र ऐतिहासिक पहिचान बनाएको नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
इतिहास बोकेका बागलुङका जात्राहरुको रौनक विस्तारै हराउदै गएकोमा पुराना पुस्ताहरु चिन्तीत देखिन्छन । बागलुङका नेवार समुदाय जोगी, कटुवाल, लाखे, भोवा घोडा नाच, नागनगिनी भजनथरी ठेट्र जस्ता नाच भदौरे नाच अन्र्तगत नाच्ने गर्दथे । तर ति नाचहरु अहिले संरक्षणको अभाव रहेको अध्यक्ष राजभण्डारीले बताउँछन । पछिल्लो समयमा भजनथरी, घोडा नाँच र भोवा नाँच संरक्षणको अभावमा निकाल्न सकिएको छैन ।
पुराना पुस्ताहरुबाट नयाँ पुस्ताहरुले सिक्नु पर्दछ राजभण्डारीले भने आफ्नो संस्कृति र कला हस्तान्तरणका लागी नेवार समुदायले युवक संगठन गठन गरेको छ, अगामी दिनमा सवै नाचको संरक्षणमा हाम्रो नेवार समुदाय जुट्ने छ । विगतमा केही नाच शाक्य कल्याण समाजले संरक्षण गरी यसको जर्गेनामा लागेको थियो भने अहिले संयुक्त रुपमा सवै नेवार समुदाय संरक्षणका लागी जुटेको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष गगनलाल शाक्यले जानकारी दिए ।
यसको संरक्षणमा सबैले चासो दिनुपर्ने बेला आएको छ ।’ जिल्लाका जात्राहरु धार्मिक, सांस्कृतिक र मनोरञ्जन सँग जोडिएकाले पनि संस्कृति जोगाई राख्न नयाँ पुस्तालाई संस्कृतिका विषयमा जानकारी गराउनुपर्ने शाक्यले बताए ।
जिल्लामा सञ्चालन हुँदै आएका जात्राको आफ्नै छुट्टै पहिचान भएकाले यसको संरक्षणमा सबै जुट्नुपर्ने बागलुङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताए । बागलुङ बजारको नारायणचोक बाट निकालिने जात्रा बजार क्षेत्र घुमाउने प्रचलन छ । जिल्लामा देखाइँदै आएको जात्रा संरक्षण गर्नेप्रति सरोकारवाला निकायले चासो नदेखाएकोमा जात्रामा सहभागीहरुको गुनासो रहको छ । ‘आधुनिकताको नाममा जात्रा हराउनै थाल्यो सहभागी निलेश राजभण्डारीले भने यहाँको परम्परागत संस्कृति संरक्षणका लागी सरोकारवालले पनि ध्यान दिन जरुर रहेको छ 

प्रतिक्रिया जनाउनुहोस्