रूद्रेपिपल युवा क्लब बागलुङले तिज मेला अायाेजना गर्ने

बागलुङ- महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा रूद्रेपिपल युवा क्लब बागलुङले साताैं तिज मेला अायाेजना गर्ने भएकाे छ । यही भदाै २६ गते देखी २८ गते बागलुङ बजारमाे रूद्रेपिपलमा मेलाकाे अायाेजना गरिएकाे छ ।  विभिन्न संगीतिक तथा मनोरञ्जानात्म कार्यक्रमहरूकाे अायाेजना गर्ने बागलुङमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे । 

कार्यक्रमको पहिलो दिन भदौ २६ गते शान्ती दौड प्रतियोगिता, दोस्रो दिन भदौ २७ गते महिला स्लो स्कुटि रेस प्रतियोगिता, पुरुष स्लो बाईक रेस, महिला लठो तान्ने प्रतियोगिता हुने र भने तिज गित प्रतियोगिता र स्कुल स्तरिय नृत्य प्रतियोगिता २७ र २८ गते हुने मेला अायाेजक समितिका संयाेजक राजकुमार बाेसेलले जानकारी दिए ।

कार्यक्रमलाई सव्य र भव्य पार्नका निम्ती ७ लाख ९५ हजार ९ सय ४३ रुपैयाँ खर्च लाग्ने बताईको छ । यसको लागि बागलुङ स्थित विभिन्न संघ संस्था, व्याक्ति तथा स्वदेश विदेशमा रहने नेपालीहरुबाट सहयोग संकलन गर्ने बताइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल  शिरिषले मेला लार्इ सब्य र भव्य रूपमा सम्पन्न गर्नका  लागी अायाेजकलार्इ शुभकामना व्यत्त गरेका थिए । रूद्रेपिपल युवा क्लबका उपाध्यक्ष शकुन्तला थापा बाेसेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बा.न.पा २ का वडा सदस्य अनिता केसी बाेसेल, मेला अायाेजक समितिका अार्थिक संयाेजक अानन्दा बाेसेल लगायतले बालेका थिए । कार्यक्रम क्लबका सहसचिव सन्दिप बाेसेलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया जनाउनुहोस्