प्राधिकरण सीईओ ज्ञवालीले पदभार ग्रहण गरे

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत ‍(सीईओ) सुशील ज्ञवालीले बिहीबार पदभार ग्रहण गरेका छन् । सरकारले उनलाई बुधबार दोस्रोपल्ट  नियुक्त गरेसँगै ज्ञवालीले पदभार ग्रहण गरेका हुन्

असार २० मा सरकारले कार्यकारी अधिकृत युवराज भुसाललाई पदमुक्त गरेपछि प्राधिकरण नेतृत्वविहीन थियो। अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो। तत्कालीन कार्यकारी अधिकृत गोविन्द पोखरेललाई हटाएर अघिल्लो ओली सरकारले २०७२ पुस १० गते ज्ञवालीलाई नियुक्त गरेको थियो।

पाल्पामा जन्मिएका ज्ञवालीले इन्जिनियरिङ गरेका छन्। उनी करिब आठ वर्ष तत्कालीन बुटवल नगरपालिकामा योजना प्रमुखका रूपमा कार्यरत थिए। उनी बुटवल विकासका योजनाकारमा रूपमा समेत परिचित छन्।

प्रतिक्रिया जनाउनुहोस्