बागलुङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता

बागलुङ– जिल्लाको निसीखोलामा पहिरोमा पुरिएर एकै घरका दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा निसीखोला गाउँपालिका–३ धुर्सौलाका मानबहादुर शाहीका श्रीमति ६५ वर्षीया श्रीमती धनकुमारी शाही र ३५ वर्षीया बुहारी डल्ली शाही रहेका छन् । अविरल वर्षासँगै माथिबाट आएको पहिरोले घर पुरिँदा दुवै जना बेपत्ता भएका हुन् । शाहीका पाँच वर्षिय नाति विवेक शाहीको घाइते अवस्थामा उद्दार गरिएको छ ।

प्रतिक्रिया जनाउनुहोस्