बागलुङका ब्रेन ट्युमर र मृगौला पीडीतलाइ जापानबाट सहयोग

बागलुङ- जैमिनी नगरपालिका—७ जैदीका एकै घरका दुई जना ब्रेन ट्युमर र मृगौला फेल भइ पीडीत भएका विभूती राना र हेमबहादुर रानालाई उपचारका लागी सहयोग रकम हस्तान्तरण गरिएको छ । काठमाडांैका विभिन्न अस्पतालमा उपचार गराइरहेको उनीहरुलाई शनिबार नगद रकम हस्तान्तरण गरिएको हो । नेपाली जनसम्पर्क समिति जापानका केन्दीय सदस्य राजन गिरीको संयोजन र क्षेत्रीय समिति कान्तो जापानका संयोजक यदुराम सापकोटाको विशेष सक्रियतामा नगद १ लाख सहयोग रकम जुटाई पीडीत विभूती रानालाइ उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

मस्तिष्क क्यान्सरबाट पीडीत रानालाई जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजको अस्पतालमै पुगेर नेपाली काग्रेस बागलुका महासमिति सदस्यद्वय जगदीशचन्द्र उपाध्याय, भीम श्रीस र सो सहयोगका लागि समन्वय गर्ने नेविसंघ सहमहामन्त्री एवं नेपाली काग्रेस बागलुङका महाधिवेशन प्रतिनिधी हरिहर शर्मा र नेविसंघ बागलुङका पूर्व सभापति टिका पौडेल सहितको टोलीले नगद ५० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै मृगौला पीडीत हेमबहादुर रानालाई सोही टोलीले नगद रकम ५० हजार हस्तान्तरण गरेको थियो । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानका पदाधिकारी सदस्य एवं सुभेच्छुकहरुबाट रकम संकलन गरी पठाइएको नेजस जापानका केन्द्रिय सदस्य राजन गिरीले जानकारी दिए ।

ब्रेन ट्युमर पीडीत विभूती राना विगत ५ बर्षदेखि उपचार गराइरहेकी छन । अहिलेसम्म २० लाख भन्दा बढि खर्च भइसकेको छ । उनको थप उपचार खर्च नभएकाले सबैलाई सहयोग गर्न पीडीत परिवारले अपिल गरेको छ । आफ्नो छोरीको उपचार खर्च गर्न बाँकी केही नभएकाले थप उपचारका लागी सवैलाई सहयोग गर्न पीडीत रानाकी आमा विनिता पण्डित रानाले आग्रह गरेकी छन । ३ बर्षको उमेरमा बीर हस्पिटलमा रानाको अपरेसन गरिएको थियो ।source.www.capitalnepal.com

प्रतिक्रिया जनाउनुहोस्