काँग्रेस किन सडकमा जान बाध्य भयाे ?

जनताका पीडा र रास्ट्रलाई दुरगामी प्रभाव पार्ने सबालहरु उठाउदै,सरकारलाइ गलत कामगर्न बाट रोक्नु प्रतिपक्षीको दायित्व र धर्म हो यो सबैलाई थाहा हुनुपर्छ। सरकारले राम्रो काम गर्दा हामी स्वागत र समर्थन गर्न आतुर छौ तर अहिलेको सरकार दिनानुदिन जनताबाट टाढा हुँदै गएको सन्दर्भ जगजाहेर नै छ। गलत कामका निम्ति उद्धत भैरहेको सरकारलाई खबरदारी गर्न सडकसम्म पुग्नु हाम्रो रहर र इच्छा होइन यो त बाध्यता हो ।तथापि हाम्रो यो सडक आन्दोलन सुरु भएको भने होइन यो सामान्य खबरदारीको सुरुवात मात्र हो ।

हामी आफ्नै पार्टीलाई पुनर्संरचित गर्न चाहन्छौ त्यसैका निम्ति जुटिराखेका पनि छौ। तथापि यो बिचमा भैरहेको जनताको ढाड सेक्ने गरिको बढदो महङ्गी,बृद्धबृद्दालाइ ढाटने र रुवाउने जालसाजीपुर्ण व्यबहार ,प्रेस र न्यायालय माथिको आक्रमण,महिला माथिको अपमान,स्वास्थ र शिक्षामा सरकारी संरक्षणमा हाबी भैरहेको माफियाकरण, अबैज्ञानिक र जनतालाई सेवा सुबिधा नदिइ जनतासङ्ग जथाभावी कर लुटने प्रवृत्ति,जुम्ला अस्पताल सहित देशका विभिन्न ठाउमा भएका सरकारी दमन र ज्यादती,अपराधीलाइ आममाफी दिने सम्मको दन्डहीनता, सबैधानिक र संसदीय मान्यताको उलंघन सहितका जनबिरोधी क्रियाकलापहरु टुलुटुलु हेरेर बस्न सकिदैन तसर्थ आट र हिम्मत भएकाहरु जनतालाइ न्याय र रास्ट्रको हितका निम्ति सडकमा आउनु स्वभाविक हो यसलाई अपब्याख्या गर्दै जनताका जायज मुद्दाका विरुद्ध नबोल्दा सबैलाई राम्रै हुनेछ।  दास मनोविज्ञान बोकेर, अन्धभक्त हुदै सरकारी ज्यादतीको रक्षाकबज भएर बोल्दा कुनैदिन जनताका बिचमा महँगो पनि पर्नसक्छ, बिषयबस्तु नबुझिकन बोल्ने र लेख्ने मुर्खता जुनसुकै बिचार बोक्ने ब्यक्तिले पनि गर्न जरुरी छैन किनकी आज हामीले सडकबाट उठाएका मुद्दा विविध आस्था राख्ने आम नागरिकका हुन ।

हामी पनि छुकछुके रेल मात्र होइन हिलाम्मे सडक सुधार भएर सरर गाडी गुडेको देख्न चाहन्छौ ।
६५ बर्ष माथिका वृद्ध बृद्दाले ५,००० रुपैया भत्ता बुझेको खुशी अनुहार हेर्न चाहन्छौ । 

जनताले करमात्र तिर्ने होइन सबै सरकारबाट सेवा सुबिधा,सीप र रोजगारी सृजना भएको हेर्न चाहन्छौ । नेपाली छोरीहरु मात्र होइन तमाम आमा दिदिबैनीहरु आत्मसम्मान र गौरवका साथ बाच्ने अबस्था सृजना गर्न चाहन्छौ ।
मार्सीको भात खानेको मात्र होइन एकछाक आटो,सातु, ढिडो र सिस्नुले प्राण धान्नेहरुको पनि राज्य बनाउन चाहन्छौ । हावाबाट उत्पादन भएको बिजुली प्रयोग गर्दै,घरमै जोडिएको ग्यासपाइपले सबैको घरघरमा चुलो बलेको देख्न चाहन्छौ । नजिकको समुन्द्री तटसम्म आफ्नै पानीजहाजले ल्याएको सामान सुपथ मुल्यमा देशमा ल्याएर प्रयोग गर्न चाहन्छौ । आजसम्म बनेको बिकासको आधारमा टेकेर दिगो बिकास र समृद्धि हासिल गर्न चाहन्छौ ।
खाडीमा रगत र पसिना बगाउदै गरेका नौजवान युबाहरुलाइ फर्काएर देशमै उत्पादन र रोजगारीमा जोडिएर घरपरिवारसङै रमाएर बसेको हेर्न चाहन्छौ ।सबै नेपालीका छोराछोरीहरुले सहज र सुलभ रुपमा गुणस्तरीय शिक्षा हासिल गर्न पाउने बाताबरण निर्माण गर्न चाहन्छौ ।
निमुखालाइ न्याय गरिवलाइ आय सहित समाजबाद स्थापित गराउन चाहन्छौ । आर्थिक वृद्धिदर बढाउदै संसारका मानिसहरुको गन्तव्यको सुन्दर स्थल नेपाल हो भन्ने बनाउन मेहनत गर्न चाहन्छौ । साझा परराष्ट्र नीतिका मार्फत सबल रास्ट्रबादको बिकास गर्न चाहन्छौ ।  समृद्धि दम्भ र अहंकारले होइन अथक मेहनत र बिनयशीलता संभव छ भन्ने मूल्य स्थापित गर्न चाहन्छौ।
जनताले आजसम्म संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्दै संविधानको पुर्ण कार्यन्वयन गर्न चाहन्छौ । केही बर्षमै हरेक नागरिकले मेरो देश भनेर गौरब गर्न लायक बनाउन अरुलाइ सत्तोसराप गरेर होइन सबैलाइ सम्मान गर्दै साथमा लिएर मात्र संभव हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न चाहन्छौ ।
यी तमाम विषय र सबालमा हामी जिम्मेवारीका साथ अगाडि बढन चाहन्छौ,जनताको धैर्यता र शालिनतालाइ कमजोरीका रुपमा लिनु सत्ता संचालकहरुको मुर्खता र ऐतिहासिक भुल हुनेछ।विभिन्न रुपबाट तानाशाह बन्न खोज्ने संसारका कैयौ शासकहरुको पतन सुखद देखिदैन ।मुलुक त्यो बाटोमा हिडन खोज्यो भने हाम्रा महत्त्वपूर्ण उपलब्धिहरु खतरामा पर्नेछन ।जनता फेरि बलिदान दिन सडकमा लामबद्द हुने स्थिति सृजना हुनु दुर्भाग्यपूर्ण हुनेछ ।त्यसकारण हामीले सत्ताको बागडोर समाल्नेहरुलाइ रचनात्मक सुझाव दिदै सचेत बनाउन मात्रै खोजेका हौ ।

शर्मा नेपाल विद्यार्थि संघकाे केन्द्रिय सहमहामन्त्री हुन । 

प्रतिक्रिया जनाउनुहोस्