पत्रकार बिजय रानाको लागि एकै दिनमा १ लाख भन्दा बढी सहयोग संकलन

बागलुङ –
नेपाल पत्रकार महासंघ बागलुङका काेषाध्यक्ष पत्रकार विजय रानाकाे उपचारका लागी एकै दिनमा १ लाख भन्दा बढि रकम संकलन भएकाे छ ।  ए–प्लास्टिक एनिमिया रोगबाट ग्रसित रानाको उपचारको लागि शुक्रबार १ लाख १० हजार रुपैयाँ संकलन भएको नेपाल पत्रकार महासंघका बागलुङ अध्यक्ष दिल शिरिषले जानकारी दिए । 
रानाको उपचारको लागि लाखौँ रकम लाग्ने भएको हुँदा उनको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या हुँने भए पछि पत्रकार महासंघ लगाएत विभिन्न संघ संस्था एवंम व्यक्तीहरुले सहयोग अभियान संचालन गरेका छन् ।
यसै अभियानलाई साथ दिँदै शुक्रबार रानाको लागि बागलुङ नगरपालिका ३० हजार, काठेखोला गाउँपालिका १५ हजार, तमानखोला गाउँपालिका १० हजार, आदर्श सञ्चार सहकारी संस्था १५ हजार, बागलुङ उद्योग वाणिज्य सघं ५ हजार, प्रेम जिसी वडा अध्यक्ष काठेखोला–७ ५ हजार, राजेशचन्द्र÷मुकेशचन्द्र राजभण्डारी ५ हजार, रामकृष्ण शर्मा ५ हजार, गिता श्रीस ५ हजार, विवेक बोहरा हाल पोर्चुगल ५ हजार, तालबहादुर कुवँरले ५ हजार र रवि शर्मा ५ हजार गरी १ लाख १० हजार संकलन भएको छ ।
संकलित रकम केही दिन मै काठमाण्डौ स्थित सिभिल अस्पतालमा उपचाररत रानालाई हस्तान्तरण गर्ने महासंघका अध्यक्ष शिरिषले बताए ।

प्रतिक्रिया जनाउनुहोस्