कांग्रेस केन्द्रीय समितिको आमन्त्रित सदस्यमा बागलुङका पौडेल मनोनित

काठमाडौँ – नेपाली कांग्रेसका  युवा नेता किरणराज शर्मा पौडेललाई कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बागलुङकाे पैयुँपाटाका पाैडेल नेपाल विद्यार्थि संघका पुर्व महामन्त्री तथा काँग्रेसकाे महासमिति सदस्य हुन । विद्यार्थि राजनिति देखीनै सक्रिय पाैडेल निकै क्रियाशिल र निष्ठावान नेताकाे रूपमा मानिन्छन ।

२०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघबाट स्ववियु सदस्य जितेका पौडेल, २०४६ सालमा नै त्रिचन्द्र क्याम्पसमा नेबि संघको अध्यक्ष बने। त्यसपछि नेबि संघमा केन्द्रीय सदस्य हुँदै महामन्त्री सम्म बन्ने मौका पौडेललाई मिल्यो। २०५१ सालमा नेपाली कांग्रेस बाग्लुङको जिल्ला सदस्य बनेका पाैडेल २०६० साल देखि महासमिती सदस्य रहदै आएका छन ।

उनले पञ्चायती ब्यबस्था बेला विभिन्न समयमा जेल जिवन विताएका थिए । २०६२।०६३ काे जनअान्दाेलनमा पनी उनले अान्दाेलनकाे नेतृत्व गरेका थिए ।

पाैडेलले राजनीति भनेको पाउने र कमाउने व्यवसाय बनाउन नलागेको समेत बताएका छन। पौडेलले गरेको त्याग तपस्याको उच्च मुल्यांकन गर्दै नेपाली कांग्रेसले उनलाई नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनीत गरेको छ।

प्रतिक्रिया जनाउनुहोस्