बागलुङलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा(फाेटाे फिचर)

बागलुङ-
बागलुङलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले हरेक नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार संविधानले नै प्रत्याभुति गरेको हुनाले दुर्गम गाउँ सम्म स्वास्थ्यको सहज पहुँच पु¥याउन जरुर रहेको बताईन । उनले गण्डकी प्रदेश देशकै नमुना प्रदेश बनाउनका लागी प्रदेश सरकारले नयाँ निति ल्याएको हुँदा स्वास्थ्य क्षेत्रको विकास र समृद्धिका लागी आफु लागी पर्ने बताईन । हामी कुरा गरेर भन्दानी काम गरेर देखाउनु छ मन्त्री मगरले भनिन, प्रदेशको समृद्धिका लागी सवैको साथ जरुर रहेको छ । उनले हरेक व्यक्तिले अब जिवन शैलि परिवर्तन गर्नुपर्ने भन्दै स्वास्थ्य समाज निर्माणको लागी समाज र समुदायकै सोच परिवर्तन हुनुपर्ने बताईन । कार्यक्रमको अधिकाशं समय प्रदेश बजेटको बारेमा बाल्दै मन्त्री मगरले गण्डकी प्रदेशमा क्यान्सर,मुटु, र मृगौला रोगको उपचार हुने १ हजार बेडको अस्पतालको निर्माणको लागी प्रदेश सरकारले कार्यक्रम अगाडि ल्याएको बताईन ।
उनले दुर्गम गाउँका हरेक स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउनका लागी प्रदेश सरकारले छुट्टै बजेटको व्यवस्था गरेको जानकारी दिईन । ‘प्रदेशलाई पर्यटकिय गन्तव्य रुपमा विकास गर्ने लक्ष्य रहेको छ उनले भनिन, यसका लागी सवैको साथ चाहिन्छ ।
गत कात्तिकमा ढोरपाटन नगरपालिका पहिलो खोपयुक्त नगर घोषणा सँगै जिल्लाका अन्य स्थानिय तहलाई यस अघिनै घोषणा गरिएको थियो । जिल्लामा पुर्ण खोप पाएका जम्मा बालबालिका ३९ सय ६ रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जानकारी दिए । जसमध्ये सवै भन्दा बढि बागलुङ नगरपालिकामा ८ सय २६ र सवै भन्दा कम बरेङ गाउँपालिकामा १ सय २७ बालिबालिका रहेका छन ।
नगर र गाउँपालिकाका सबै बालबालिका खोपको पहुँचमा पुगेको सुनिश्चितता भए पश्चात पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । बालबालिकाले खोप पाए नपाएको सुनिश्चित गर्न जिल्ला खोप समन्वय समितिसँगै नगर र गाउँस्तरीय समन्वय समितिले विभिन्न चरणमा सर्वेक्षण गरेको थियो ।
अब कुनैपनि बालबालिका खोपबाट बञ्चित हुने छैनन्, जनस्वास्थ्य प्रशासक तिवारीले भने, जनस्वास्थ्यको क्षेत्रमा पूर्ण खोपयुक्त घोषणा सबै भन्दा प्रभावकारी कार्यक्रम रहेको छ ।
घरधुरी सर्वेक्षण र नियमित अनुगमनबाट बालबालिका खोपबाट बञ्चित नभएको सुनिश्चित भएपछि मात्र पूर्ण खोपयुक्त नगर, गाउँ सँगै जिल्ला घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा सम्बन्धित पक्षले आउँदा दिनमा पनि सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन प्रतिवद्धता गरेका छन् । जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका पदाधिकारी, सामाजिक अगुवा लगाएतले त्यस्तो प्रतिवद्धता गरेका हुन् ।
जिल्लाका कुनै पनी बालबालिकालाई खोप पाउनबाट बञ्चित हुन नदिनका लागी पुर्ण खोप अभियानले थप टेवा पुग्न जिल्ला समन्वय समितिका संयोजक एव खोप समन्व्य समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले बताए । ‘अहिलेपनि खोप पाउने उमेरका सबै बालबालिकाले खोप पाएका छन्, ढुंगानाले भने, आगामी दिनमा पनि खोपको सुनिश्चितता हुन्छ,।’ नगरपालिका स्तरमा नगर प्रमुख र गाउँपालिकामा अध्यक्षको नेतृत्वमा खोप समन्वय समितिहरु कृयाशिल रहेका छन । यसलाई दिगोपन दिनका लागी उहाँहरुको गहन भुमिका हुने छ । 
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, धौलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डाक्टर सागर कुमार राजभण्डारी, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोद गिरी, बालस्वास्थ्य महाशाखाका खोप समन्वय समितिका सदस्य सचिव डाक्टर झलक शर्मा गौतम, नेकपाका नेता कृष्ण पाठक, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, राजमोका सचिव धर्म कुँवर राप्रपाका विष्णु सापकोटा र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले बोलेका थिए ।
जिल्लाका १६ देखी २३ महिना भित्रका सवै बालबालिकाले पोलियो, बिसिजी, हेप बी, डिपिटी, दादुला, रुबेला, टिटी, जेइ लगाएत ११ प्रकारका खोप पाए पश्चात जिल्लालाई पुर्ण खोप सुनिश्चिता गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक सुवेदीको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाको अध्यक्षता, बागलुङ नगरपालिकाका सामाजिक विकास संयोजक गणेश थापाको स्वागत र जनस्वास्थ्य कार्यालयका तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्