पहिरो पिडितलाई नेविसंघकाे साथ

बागलुङ-

नेपाल विद्यार्थी संघले पहिरो पिडितका लागी राहत वितरण गरेको छ । यही असार ११ गते राती जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङ गएको पहिरो बाट ज्यान गुमाएका विष्णु बहादुर क्षेत्रीको परिवारलाई राहत वितरण गरेको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रिय सह–महामन्त्री हरिहर शर्माको संयोजनमा गएको टोलीले क्षेत्रीका दुई छोरी मञ्जु र अस्मितालाई ३५ हजार रुपैयाँ राहत स्वरुप प्रदान गरेका हो ।
पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । विष्णु सहित उनकी श्रीमती र ६ महिनाकी छोरी सोनियाको पनी पहिरोमा पुरिएका थिए । पाँच जनाको परिवार रहेको क्षेत्रीको परिवारमा दुई छोरी मञ्जु र अस्मिता घर भन्दा बाहिर रहेको कारण बाच्न सफल भएका थिए ।
राहत प्रदान गर्दै नेविसंघका सहमहामन्त्री शर्माले पहिरो पिडित परिवारलाई नेविसंघले सधै साथ दिने बताए । उनले प्राकृतिक दैवी प्रकोपबाट पिडित समुदायमा गएर परिवारको पिडामा मलम लगाउने काम गर्ने बताए । उनले मानविय नाताले सहयोगी भावनाको विकास गर्नका निम्ती नेविसंघ हरेक दुःखमा साथ दिने बताए । साथै पिडित परिवारका दुई छोरी मञ्जु र अस्मिताको उच्च शिक्षाको लागी नेपाल विद्यार्थी संघले सहयोग गर्ने समेत जानकारी दिए । परिवारमा परेको विपत्तीमा नेविसंघको साथ रहँदा आफुहरुले अभिभावक गुमाए पनी समाजको सान्त्वनाले केही राहत महशुस भएको जेठी छोरी मञ्जु क्षेत्रीले बताईन ।
दैवी विपत्ती प¥यो यसमा सवैको साथ रहेको छ, उनले भनिन ‘हाम्रो परिवार प्रति मायाँ र सदभाव देखाउने प्रति हामी ऋणी भएका छौं ।’ पहिरोर उनको घर सवै बगाएको थियो भने गोठमा रहेका पशुचौपाय पनी पुरिएका थिए । क्षेत्री सँगै धुल्लुबास्कोटमा अन्य अन्य २ घर र ३ गोठ पनि पुरिएका थिए । त्यसबाट भने कुनै मानविय क्षती भने हुन पाएको थिएन ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ बागलुङका सचिव श्रीष्कृण पौडेल , नेपाल तरुणदल जैमिनि नगर समितिका सचिव पुरण श्रीष, नेपाली काग्रेका क्षेत्रिय प्रतिनिधि रामेश्वर शर्मा लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
पहिरोमा परी वावु आमा र वहिनि गुमाएका दुई युवती वेसाहारा भएका छन् । पहिरोले घर समेत पुर्ण रुपमा पुरेकोले आफन्तको आश्रय लिएका छन् ।

प्रतिक्रिया जनाउनुहोस्