बागलुङमा नक्कली नोट भेटियो

बागलुङ-
बागलुङ सदरमुकाममा रहेको नेपाल बैंक लिमिटेडमा एक हजार रुपैयाँको नक्कली नोटहरु भेटिएका छन् । बुधबार र बिहीबार काउन्टरमा नक्कली नोट भेटिएकोमा शुक्रबार पनि भेटिएपछि बैंकले सूचना सार्वजनिक गरेको हो । सेवाग्राहीले बचत

Related image

 गर्न ल्याएको पैसामा नक्कली नोट भेटिएको हो ।
बैंकका खजान्ची अमृत सेवाका अनुसार नोट रुजु गर्ने क्रममा नक्कली भेटिएका हुन् । हरेक दिन एकएक वटाको दरले नोट बैंकमा आइपुगेका हुन् । केही साताअघि बागलुङकै नबिल बैंकमा पनि त्यस्तै किसिमका नोटहरु भेटिएका थिए ।
लगातार आउने गरेको तथा नोट ल्याउनेहरु नोटबारे जानकारी समेत नभएकाहरु भएको शाखा प्रबन्धक दुर्गाप्रसाद अर्यालले बताए । धेरै रकमको बीचमा लुकाएर ल्याएकोले रुजुको समयमा मात्र भेटिएका हुन् । केही शंकाश्पद नोट पनि संकलन गरेको उनले बताए । ती नोटहरु थप परीक्षणका लागि नेपाल राष्ट्र बैंकमा पठाउने तयारी भएको छ ।
नक्कली नोट बजारमा आएको थाहा पाएपछि प्रहरीले सर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्वराज सिंह थापाले बताउ । ‘हामीले बजार, वित्तीय संस्थाहरुमा निगरानी बढाएका छौं उनले भने, त्यस्तो भेटिएमा तुरुन्त सार्वजनिक गर्ने छौं । गिरोह भेटिएमा जाली नोट कारोबारमा फौजदारी अभियोगको मुद्दा लाग्ने कानूनीमा व्यवस्था रहेको छ ।

प्रतिक्रिया जनाउनुहोस्