मुस्ताङमा मजदुर चढेको ट्रिपर दुर्घटना मृत्यु हुनेको संख्या १९ पुग्यो

मुस्ताङ–कोरला सडक खण्डमा काम गर्ने मजदुर चढेको ट्रिपर मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिकाको स्याङबोचेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि १९ जना मजदुरको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । ‘दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ, सबै विवरण आउन बाँकी छ,’ उनले भने ।

दुर्घटनमामा परि १३ जना मजदुर घाइते भएको प्रजि पौडेलले बताए । घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किमिको दुरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारको लागि घमिबाट गएको प्रहरी टोली र स्थानीयहरु खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।

‘दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ,’ उनले भने  । ‘उद्धारको लागि काठमाडौंबाट हेलिकप्टर अाएपछि घार्इतेलार्इ उपचारका लागी काठमाडाैं पठार्इएकाे छ । उक्त क्षेत्रमा सडक निर्माणको काम बिरुवा कन्सट्रक्सनले गर्दै आएको बेनी–कोरला सडक खण्डका इन्जिनियर जगत प्रजापतिले बताए ।  । सोही निर्माण कम्पनीको ट्रिपर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया जनाउनुहोस्