बागलुङ नगरपालिकाको बजेट १ अर्ब ३ करोड

 बागलुङ-

बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/७६ का लागि १ अर्ब तिन करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको बिहिवारको तेस्रो नगरसभामा नगर उपप्रमुख सुरेन्द्र खड्काले उक्त बजेट सार्वजनिक गरेका हुन् । बजेटमा अधिकाशं बजेट पुर्वाधार विकास निर्माणका लागी विनियोजन गरिएको छ ।
उपप्रमुख खड्काले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट प्राप्त ६२ करोड ७२ लाख, १० हजार, प्रदेश सरकारबाट प्राप्त हुने आठ करोड २९ लाख, आन्तरिक राजस्व परिचालन तर्फ ६ करोड, शहरी गरिबी न्यूनिकरण कोष परिचालनतर्फ ४८ लाख प्राप्त हुने उल्लेख गरिएको छ ।
सडक बोर्ड कार्यक्रमबाट ५५ लाख ७१ हजार, सामाजिक सुरक्षातर्फ १५ करोड, आगामी वर्षका लागि दायित्व सरेर जाने एक करोड ८१ लाख १५ हजार, नगरविकास कोषबाट ऋण र अनुदान प्राप्त हुने १० करोड आठ लाख ६५ हजार गरी एक अर्ब तीन करोड बजेट हुने प्रस्ताव गरिएको छ ।
प्रस्तावि बजेट अन्तर्गत पूर्वाधार विकासका लागि २३ करोड ५५ लाख ३६ हजार ६ सय २८ रुपैयाँ विनियोजन गरिएको छ । सडक निर्माण स्तरोन्नती तथा कालोपत्रे समेतका लागि १३ करोड चार लाख ७१ हजार बजेट विनीयोजन गरिएको छ । आधुनिक बसपार्क निर्माणका लागि २० करोड २३ लाख छुट्याईएको छ । नगरको नीति तथा कार्यक्रममा आधारित रहेर सन्तुलित विकासको अवधारणामा क्षेत्रगत बजेट बिनियोजन गरिएको नगर उप—प्रमुख खड्काले बताए ।

नगर कार्यपालिका र वडा कार्यालय सञ्चालन, फिनिसिङ र मेसिनरी औजार खरिद अध्ययन अनुसन्धान समेतका कार्य तर्फ ११ करोड ६४ लाख, कृषि बाली तथा बागवानी विकास कार्यक्रमका लागि ५५ लाख २० हजार, पशु विकास कार्यक्रममा ३३ लाख ५० हजार, उद्यम तथा रोजगार प्रवद्र्धन एवम् गरिबी न्युनिकरण कार्यक्रमका लागि १ करोड २० लाख, पर्यटन प्रर्वद्धनमा ८० लाख बिनियोजन गरिएको छ ।

यसैगरी, आर्थिक विकास तर्फ २ करोड ८९ लाख, नगर खानेपानी आयोजनाका लागि २ करोड, शिक्षा तथा सुधारका लागि ८० लाख, जनस्वास्थ्य कार्यक्रम ३५ लाख, युवा तथा खेलकुद विकास कार्यक्रमका लागि १ करोड, महिला तथा बालबालिका दलित जनजाति लगायत लक्षित बर्ग कार्यक्रममा १ करोड, जनता सुरक्षित आवास कार्यक्रममा २० लाख बिनियोजन गरिएको छ । स्थानीय कला संस्कृति संरक्षण तर्फ ५६ लाख, सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम १५ करोड, भवन निर्माण एवम् सडक सुरक्षा, सडक बत्ति जडान मर्मत २७ लाख, पूर्वाधार विकास तर्फ २३ करोड ५५ लाख, नगरपालिकाको फोहोर व्यवस्थापन, हरियाली प्रर्वद्धन र बिपत व्यवस्थापन कार्यक्रम ३८ लाख बिनियोजन गरिएको नगर उपप्रमुख खड्काले बताए ।
नगरापालिकाले विकासका दृष्टिकोणले पछि परेका नगरवासीको हितमा परिचालन गर्ने गरि आगामी आर्थिक बर्षदेखी पुर्व नगरप्रमुख स्वर्गिय ऋषिराम शर्माको संझनामा ‘गरिब सँग ऋषिराम शर्मा’ कार्यक्रमका लागि ८० लाख बिनियोजन गरिएको छ । त्यस्तै युवा शक्तिलाई प्राविधिक तथा व्यवसायिक शिक्षा तर्फ उन्मुख गराउने गरि ‘गोविन्द अधिकारी व्यवसायिक शिक्षा छात्रवृत्ति कार्यक्रम’, रोजगारी तथा स्वरोजगार प्रर्वद्धनका लागी ‘भगत सर्वजित बिश्वकर्मा सिप तथा रोजगार प्रर्र्वद्धन कार्यक्रम’, सदियौ देखी खरको छानामा रहेका बिपन्न परिवारलाई टिनको छाना मुनि ल्याउन ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गर्ने जनाएको छ ।
नगरका सबै वडाका केन्द्रसम्म सरल र सहज पहुँचका लागि वडा केन्द्रसम्म पक्की सडक विस्तार गर्ने लक्ष्य अनुरुप वडा नम्बर ५,६,७ १३ र १४ का केन्द्रसम्म पक्की सडक पु¥याउने तथा वडन नम्बर ८,९,१० ११ र १२ को केन्द्रम्म पुग्ने सडक सुधार विस्तार गर्ने बजेटमा उल्लेख छ । वडास्तरीय योजनका लागि एकमुष्ठ सात करोड र केन्द्र सरकार प्रदेश सरकारसंगको सहलगानी कार्यक्रमका लागि दुई करोड रुपैयाँ विनीयोजन गरिएको छ । नगर सभा बैठक आगामी शनिवार सम्मका लागि स्थगित भएको छ । नगर सभामा बिधायन समितिका संयोजक लक्ष्मी बाँस्कोटाले टेवल गरेको नगरपालिकाको खर्च सम्वन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको बिनियोजन बिधेयक २०७५, नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको बिधयेक शनिवार बस्ने बैठकमा छलफल गरि बजेट तथा बिधेयक पारित गर्ने कार्यसूची रहेको नगरपालिकाका मेयर जनकराज पौडेलले बताए ।  कार्यालयले तोकिएको समय भन्दा झण्डै साढे २ घण्टा ढिलो गरी सुरु गरेको नगर सभा २ दिनका लागि स्थगित भएको छ । नगरपालिकाले बिहान ११ बजे सुरु गर्ने भनिएको कार्यक्रम झण्डै सवा १ बजे मात्रै सुरु भएको थियो । बजेट सार्वजनिक पछि नगर सभामा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले यही असार २३ गते सम्मका लागि कार्यक्रम स्थगित गरिएको घोषणा गरेका हुन । कार्यक्रम मेयर जनकराज पौडेलको अध्यक्षता र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया जनाउनुहोस्