टमाटर खेति गरेरै लाखौ आम्दानी

गुमानसिंह भण्डारी, गलकाेट-  गलकोट नरेठाटीको बयलीमा कृषकहरुले टमाटर खेति गरेरै लाखौ आम्दानी गर्न सफल भएका छन । थोरै घरपरिवार भएको बयलीमा कृषकहरु ब्यवसायीक रुपमा टमाटरमा लागेका हुन । बयलीमा ४ जना कृषकले टमाटर खेति गरेरै बार्षिक लाखौ आम्दानी गर्दै आईरहेका गलकोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले बताए ।


‘टमाटरबाट वार्षिक ५, ६ लाख रूपैयाँसम्म आम्दानी गर्छु,’ स्थानिय कृषक शुशिला पुनले भन्नुभयो ‘मौसमी तथा बेमौसमी तरकारीले छोराछोरीको पढाइ र घरखर्च धानेको छ ु।’ पुनले गत ४ बर्षदेखि ब्यवसायीक रुपमा टमाटर सँगै तरकारी खेति गर्दै अाएका छन ।
२ बर्षसम्म प्लाष्टिक घरमा टमाटर खेति गर्दै  अाएकी पुनले त्यसपछि बिभिन्न संद्य सस्थाको सहयोग पाएपछि हाईटेक टनेलमा ब्यवस्थित तरिकाले टमाटर खेति गर्दै आएको पुनले बताए । उनका ३ ओटा हाईटेक टनेलमा टमाटर सँगै बोडि, तितेकरेला, साग, काक्रा लगायतका तरकारीहरु रहेका छन । तरकारी बाट समेत राम्रो आम्दानी हुने पुनको भनाई छ । त्यस्तै सोहि गाउका मन बहादुर पुनले समेत ब्यवसायीक रुपमा टमाटर खेति गर्दै अाएका थिए ,
उहाँले प्लाष्टिक घरभित्र टमाटर खेति गर्दै आएको र बार्षिक एउटा टनेलबाट ६० हजार सम्म आम्दानी हुने बताउनुभयो । हामीलाई बढि खानेपानी र सिचाईमा समस्या छ, पानीको ब्यवस्था हुने हो भने त्यहाँका सबैजसो कृषकहरु ब्यवसायीक तरकारी खेतिमा लाग्ने पुनले दाबि गरे ।
त्यस्तै कृष्ण बहादुर पुनले समेत ब्यवसायीक टमाटर खेति गनुभएको छ । उहाँले हाल एउटा टनेलमा टमाटर खेति गनुभएको छ । टमाटर खेटिबाट राम्रो आम्दानी हुने बुझ्नुभएका पुनले अब केहि दिनमा अर्को टनेल निर्माण गर्ने बताउनुभयो । पुन गाउमै राम्रो आम्दानी हुन थालेपछि दंग देखिनुभएको छ । यसैबिच गलकोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले यस बर्ष नरेठाटी बयलीमा ब्यवसायीक रुपमा टमाटर र तरकारी खेति गरेका कृषकहरुलाई प्रोत्साहन गर्ने गरि योजना समावेश गरेको बताउनुभयो ।
उहाँका अनुसार बयलीमा उत्पादनका हिसाबले अन्य ठाउमा भन्दा राम्रो हुने भन्दै उक्त ठाउका कृषकहरुलाई आधुनिक कृषितर्फ आकर्षित गर्ने गरि वाडले योजना बनाएको बताउनुभयो । उक्त ठाउमा खानेपानी प्रमुख समस्या भए पनि त्यसको समाधान समेत छिट्टै हुने भण्डारीको भनाई छ । सड्क सञ्जालले जोडिएको बयलीमा तरकारी बजारीकरणका लागी कुनै समस्या नभएको नगरकार्यपालिका सदस्य तथा स्थानिय बिष्णु बिकले बताउनुभयो । यहाँ हामीले उत्पादन गरेका कृषि सामाग्रीहरु बजारीकरणका लागी कुनै समस्या छैन बिकले भन्नुभयो, अब कृषकहरुलाई प्रोत्साहन गर्ने गरि योजनाहरु समावेश भए यहाँका कृषकहरु ब्यवसायीक तरकारी खेतिबाटै लाखौ आम्दानी गर्न सफल हुने उहाँको भनाई छ । बयलीमा टनेल बाहेक खुल्ला ठाउमा समेत तरकारी खेति राम्रो उत्पादन भएको छ ।

प्रतिक्रिया जनाउनुहोस्