दोस्रो नेपाल क्यानडा कप भलिवलको तयारी अन्तीम चरणमा ।

टोरोण्टो, ३० जुन
बाग्लुड सेवा समाजले संचालन गर्न गइरहेको नेपाल क्यानडाकप भलिवलको तयारी अन्तीम चरणमा पुगेको आयोजकले बताएका छन् ।
गतबर्ष देखि शुरु भएको नेपाल क्यानडाकपको दोस्रो प्रतियोगिताको आउँदो जुलाई २ सोमबारका दिन टोरोण्टोको स्कारबोरोमा हुन गइरहेको छ ।
स्कारबोरो स्थित १५१० ब्रचमाउन्ट रोडस्थित भलिबल कोर्टमा सम्पन्न हुने प्रतियोगिता विहान १० बजे देखि बेलुकी ८ बजेसम्म हुनेछ ।
प्रतियोगिताको पहिलो चरण लिक सिस्टममा खेलाइने छ । २ पोलबाट ४ टिमलाइ सेमिफाइनलमा भिडाइने बाग्लुड समाजका कार्यक्रम संयोजक लक्ष्मण पाण्डले बताउनुभयो ।
खेलमा प्रथम हुनेलाइ १५ सय र दोस्रो हुनेलाई १ हजार क्यानेडियन डलरको पुरस्कार राशि राखिएको छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार दिइने छ । प्रमाणपत्र छपाई लगायत खेलका लागी आबस्यक सवै तयारी पुगीसकेको बाग्लुड समाजका उपाध्यक्ष भवि न्यौपानेले जानकारी दिनुभयो ।


आकर्षणको रुपमा यसबर्ष बसेर खेल्ने भलिबल आयोजना गरिने छ । टोरोण्टो, मिसिसागा ब्राम्टन, अमेरीका र अटोवा गरि ४ क्षेत्रबाट ४ टिम विच सिटिड भलिबल सम्पन्न हुनेछ ।
कार्यक्रम सम्पन्न गर्न प्रायोजन गर्ने संस्था र व्यक्तीहरुको सहयोगले थप काम गर्ने हौसला मिलेको बाग्लुङ सेवा समाजका अध्यक्ष दुर्गा अधिकारीले बताउनुभयो ।
सहयोग गर्नेहरुमा, अतुल सुबेदी− सुबेदी ल फर्म, रमेश कार्कि− रिलायन्स ल फर्म, एभरेष्ट प्लम्बिङ, एभरेष्ट तेकवान्दो, दुर्गा अधिकारी− हेरिटेज एजुकेसन फण्ड, हेम पाण्डे− इन्सुरेन्स एडभाइजर, लक्ष्मण सुबेदी रियल्टर, इश्वर चन्द राजन रियल्टर, याम खत्रि काठमाण्डौ रेष्टुरेण्ट, राजन खत्रि भिण्डालु रेष्टुरेण्ट,विरु बस्नेत र याम बस्नेत इन्डियन कुजिन, भुपेन्द्र भण्डारी बम्वै किचन, जगत खड्का बम्वइ ग्रिल, केशव बस्नेत इन्सुरेन्स एडभाइजर लगायत व्यक्तिगत तहबाट समाजका २० भन्दा बढी सदस्यहरु आर्थीक सहयोग गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन एनआरएन क्यानडाका खेलकुद संयोजक पाण्डु श्रेष्ठले गर्नुहुनेछ ।
भलिबल खेलका लागी अमेरिकाको रोचेष्टर र बफेलो, क्यानडाको बाग्लुड समाजबाट ३ टिम, लालीगुराँस स्पोर्टस एण्ड कल्चरल क्लव, गुरुड समाज, टोरोण्टोको डाउनटाउन, अटोवा लगायतका टिम सहभागी हुनेछन् । हाल सम्म ८ टिम सहभागी हुने निश्चित भएपनि १० टिम सहभागी हुने सम्भावना रहेको बाग्लुड सेवा समाजका सचिव हरि केसिले बताउनुभयो ।
बाग्लुड सेवा समाज क्यानडालाई हाल सम्म सवैभन्दा बढी आर्थीक सहयोग गर्नुहुने अमेरीकामा निवासी डा हेमराज रेग्मी पनि भलिवल खेलमा सहभागी हुनुहुनेछ । स्मरण रहोस संस्था स्थापना गर्दा उहाँले समाजलाई ४ हजार डलर सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्