तेजश रेग्मीको ससुरालीलाई चिठ्ठी

बागलुङ – पछिल्लाे समयमा तिज गितका नाममा केही विकृती अाएकाे बलेला गायक तथा सर्जक तेजश रेग्मीले नयाँ शैलीकाे तिजकाे गित ल्याएका छन । घुमपाकुम घुम जस्ता बहु चर्चित गित सिर्जना गरेका रेग्मीले  निकै मौलिक र बास्तविक तिजको कोशेली ससुरालीलाई चिठ्ठी भर्खर मात्र सार्वजनिक गरेका छन ।

गायक रेग्मीले सिर्जना गरेकाे गितमा सर्जक सतिश अधिकारीले निकै उत्कृष्ट शव्द सिर्जना गरेका छन भने बहुचर्चित गायक पुरुषोत्तम न्यौपाने गणेश पाैडेल, र मन्जु विकले यस गितमा अावाज दिएका छन ।  

गितमा तेजश रेग्मीको आवाज श्रीमाको रुपमा,पुरुषोत्तम न्यौपानेको आवाज सुसुराको रुपमा,श्रीमतिको रुपमा मञ्जु विक तथा दाईको रुपमा गणेश पौडेलको आवाज रहको छ ।

गितमा सरापे, विम्ली, यादव देवकोटा,  दाह्री बा,सतिश अधिकारी लगाएतको अभिनय देख्न सकिन्छ । गितलाई सरोज रोशन भट्टराईले म्युजिक भिडियो निर्देशन गरेका छन भने एस.थ्रीके इन्टरडेन्डमेन्डले बजार व्यवस्थापन गरेको छ । गितमा पछिल्लाे समयमा बाध्यताले महिला पनी विदेशिनु परेकाे र घरमा फर्केपछि पुरूषकाे कारणले झगडा भएकाे परिवेशलार्इ समेटीएकाे छ ।

गितको पुरै म्युजिक भिडियो

प्रतिक्रिया जनाउनुहोस्