नेपालमा रक्तसंकलनका लागी क्यानडाबाट टेन्ट सहयोग गरिने ।


२६ जुलाई, ब्राम्टन टोरोन्टो
नेपालमा सुरक्षित रक्तसंकलनका लागी क्यानडाबाट ५ वटा टेन्ट र २० बटा कुर्चि सहयोग गरिने भएको छ ।
क्यानडाको ब्राम्टनमा आइतबार सम्पन्न एक कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा आर्थीक सहयोग संकलन तथा एनअारएनएकाे रक्तसंचार सेवा सुधार याेजना तथा कार्यक्रम सम्वन्धी जानकारी पनि दिइएको थियो । रक्तसंचार समितिका सदस्य शुरेशराज गौतम र दिपक गौतमले संयुक्त रुपमा रक्तसंचार समितिले गरेका काम र भावि योजनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियो । कार्यपत्र प्रस्तुत गर्दै नव नियक्त सदस्य शुरेसराज गौतमले नेपालको रक्तसंचार सेवामा सुधार गर्न सकिने प्रसस्त स्थान रहेको बताउनुभयो ।
कार्यक्रममा अर्का सदस्य दिपक गौतमले नेपालको रक्तसंचार सेवाको गुणस्तर बृद्धीका लागी एनआरएनको रक्तसंचार प्रविधि हस्तान्तरण समितिले प्राथमिकता निर्धारण गरि तिब्रताका साथ काम गरिरहेकाे बताउनुभयो ।

नेपालमा सुरक्षित रक्तसंकलनका केन्द्र नहुँदा भुगोलपार्क, रत्नपार्क, बसन्तपुर लगायत अन्य क्षेत्रमा खुला आकासमुनी रक्तदान हुँदै आएको छ । कम्तिमा नियमित रक्तदान हुने स्थानकालागी ५ बटा टेन्टको प्रदान गर्न सकेपनि यसले सुरक्षित रक्तसंकलनमा सहयोग पुग्ने विश्वास आयोजकले लिइएको छ ।
यो कार्यक्रम प्रभावकारी रहेको भन्दै लालीगुराँस स्पोर्टस एण्ड कल्चरल क्लवका उपाध्यक्ष कुन्दन घिमिरेले एउटा टेण्ट किन्न लाग्ने २ सय ४५ क्यानेडियन डलर खर्च आफुले सहयोग गर्ने घोषणा गर्नुभयो ।
त्यस्तै उहाँले रक्तसंचार समितिको डाटाबेस निर्माणकालागी आफुले २ सय घण्टा बरावरको समय प्रदान गर्ने पनि बताउनुभयो । उहाँ आईटी क्षेत्रमा काम गर्ने पेशाकर्मी हो । एनअारएनकाे रक्तसंचार एवं प्रविधी हस्तान्तरण समितीले नेपालकाे रक्तसंचार सेवाकाे गुणस्तर बृद्दीका लागी डाटाबेश  निर्माण गरिरहेकाे छ ।

कार्यक्रममा एन आरएनका पुर्व अध्यक्ष अनिल थापा, जनजातीसंघका अध्यक्ष गिरी बुढाथोकि लगायतले सहयोगको घोषणा गनुभयो ।
टेन्ट र कुर्चि किन्नका लागी हालसम्म ८ सय क्यानेडियन डरल संकलन भएको र १३ सय डलर उठाउने लक्ष रहेको बताइएको छ । संकलित रकम एनआरएन क्यानडा मार्फत रक्तसंचार समितिको खातामा पठाउने बताइएको छ ।


एनआरएन क्यानडाका अध्यक्ष गोपि काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन युवा संयोजक क्रिजल केसीले गर्नुभएको थियो । कार्यक्रमको आयोजना भने गैरआवासिय नेपाली संघको पर्यटन प्रवर्धन समितिले गरेको हो । समितिका सदस्य अन्जनी भट्राइले नेपालको पयर्टन गतिविधि र क्यानडामा गर्न सकिने सम्भावना बारे छोटो प्रस्तुति गर्नुभएको थियो ।
सोहि कार्यक्रममा एन आर एन आइसीसि अन्तर्गतका विभिन्न टास्क फोर्स र समितिहरुमा नियुक्त उपस्थित सदस्यहरुले आफ्नो परिचय   दिनुभएकाे  थियाे ।

प्रतिक्रिया जनाउनुहोस्